स्कूलमा प्रधानाध्यापक विद्यार्थीसँगै नाच्न थाले, भाइरल भयो भिडियो
एक स्कूलमा प्रधानाध्यापक विद्यार्थीसँगै नाचिरहेको भिडियोले सोसल मिडियामा निकै चर्चा बटुलिरहेको छ । कालो पहिरन लगाएका प्रधानाध्यापक हातमा माइक बोकेर निकै उत्साहका साथ विद्यार्थीसँग तालमा ताल मिलाएर नाचिरहेको देख्न सकिन्छ । यो घटना चीनको एक स्कूलको हो ।
यो भिडियोले सोसल मिडियामा थुप्रै मानिसहरुको मन जितेको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार ४० वर्षका प्रधानाध्यापक झांग पेंगफोईले आफैंले नाच्न सिकेका हुन् र विद्यार्थीहरुलाई पनि सिकाउने कोसिस गरे ।
शांझीको लिनयी काउन्टीस्थित जी गुआन प्राइमरी स्कूलका प्रधानाध्यापकका अनुसार विद्यार्थीले अत्यधिक व्यायाम गर्नुपर्छ त्यसकारण डान्स गराउने निर्णय गरिएको हो ।
यो भिडियोलाई फेसबुकमा ११ लाख बढीले सेयर गरेका छन् भने ४८ हजार बढीले यसमा कमेन्ट गरेका छन् । तीमध्ये धेरैले प्रधानाध्यापकको यो कदमको तारिफ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महराले छाडे पार्टी
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण