बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘शुभ लभ’ गीतमा ज्योतिष हरिहरको कृष्टिनासँग रोमान्स

बिहीबार, १० माघ २०७५, ११ : ३६
बिहीबार, १० माघ २०७५

काठमाडौं – युवा ज्योतिष हरिहर अधिकारीको अभिनयमा डेक्ब्यु फिल्म ‘शुभ लभ’को टाइटल गीत सार्वजनिक गरिएको छ । बुधबार साँझ राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युटिले गीत सार्वजनिक गरेको हो ।
गीतमा हरिहरको अभिनेत्री कृष्टिना पौडेलसँग रोमान्स देख्न सकिन्छ । निशान भट्टराई र मिना सिंहको स्वर गीतमा रहेको छ, भने शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ । रामजी लामिछानेको  कोरियोग्राफीमा गीत तयार भएको हो ।
हरिहरले फिल्ममा पनि ज्योतिषकै भूमिका निर्बाह गरेका छन् । रियल लाइफको बिषय फिल्ममा नरहेको हरिहरले कार्यक्रममा बताए ।
१५ चैतबाट देशभर प्रदर्शनमा आउँन लागेको फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय भने धर्मराज शर्मा सुवेदी निर्माताको रुपमा रहेका छन् । 
हरिहरकै कथामा आधारित उक्त फिल्ममा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको समेत अभिनय ेदख्न सकिन्छ । 

निर्देशक लोहनीले कथामा फिट हुने भएरै हरिहरलाई लिड रोलमा लिएको बताए । उनले भने, ’फिल्ममा पनि उहाँ ज्योतिषकै भूमिकामा हुनुहुन्छ । उक्त रोल उहाँ बाहेक अरुलाई फिट नै हुँदैन थियो ।’ यसमा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप