अब आकासमा समेत विज्ञापन, रुसी कम्पनी कम्पनीले थाल्यो काम
एजेन्सी । भविष्यमा रातको आकास हेर्दा तारा र चन्द्रमासँगै विभिन्न ब्राण्डका विज्ञापनहरु देखिन सक्छ । यसको लागि स्टार्ट–रकेट नामक एक रुसी कम्पनीले नयाँ योजना ल्याएको छ ।
यस योजनालाई मुर्तरुप दिन रकेटबाट स–साना भूउपग्रहहरु अन्तरीक्ष पठाइनेछ । तिनले सूर्यको प्रकाश परावर्तन गराएर रातको समयमा आकाशमा ब्राण्डका शब्द अथवा लोगोको आकृतिमा चम्किनेछ ।
कम्पनीका अनुसार सन् २०२१ सम्म पहिलो विज्ञापन पठानेछ । यी विज्ञापनलाई एकै पटक पृथ्वीका अर्बौ मानिसहरुले हेर्न सक्छन् ।
यसरी गर्नेछ काम
विज्ञापनको लागि एक साथ कयैन भूउपग्रहमा शब्दहरु र लोगोका श्रृखंलाहरु पठाइन्छ ।
प्रत्येक भू–उपग्रहमा तीस फुट चौडा प्रतिबिम्ब सेल जोडिनेछ जसले सूर्यको प्रकाशलाई पृथ्वीतर्फ प्रतिबिम्बित गर्नेछ ।
यी भू–उपग्रहहरु पृथ्वीको तल्लो कक्ष अर्थात पृथ्वीको सतहबाट ४८० किमीको उचाईमा तैरिरहन्छ ।
सन् २०२० बाट सुरु हुनेछ परीक्षण
कम्पनीका अनुसार पहिलो प्रोटोटाइप विज्ञापन अर्को वर्षसम्म प्रक्षेपण गर्न सकिनेछ । सफलतापूर्वक परीक्षणपछि लगभग ५० वर्ग किमी आकारको विज्ञापन पठाइनेछ । यो दिनमा तीनदेखि चार पटक र एक पटकमा छ मिनेटसम्म आकाशमा देखिनेछ ।
नसुझ्लिएको प्रश्नहरु
स्टार्ट–रकेटले हालै यो परियोजनाको अवधारणा समेटको भिडियो जारी गर्यो ।
तर अवधारणामा विज्ञापनहरुको लागी कुन खालको रकेटको प्रयोग हुनेछ ? अन्तर्राष्ट्रिय विज्ञापन नियामकले यस परियोजनालाई अनुमति दिन्छ ? र यो विज्ञापनहरुका लागि कति पैसा आवश्यक पर्छ ? आदी बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन ।
इलन मस्कबाट प्रेरणा
कम्पनीका सीईओ भ्लादिमिर सितनिकोवले इलन मस्कको स्पेस–एक्सबाट आफूलाई प्रेरणा मिलेको र रकेट ल्याबको डिस्को बाल प्रोजेक्टपछि आफूले अन्तरीक्षमा बिलबोर्ड विज्ञापन लगाउने फैसला गरेको बताएका छन् ।
सितनिकोवले यो परियोजनाले संसारलाई विज्ञापनको सबैभन्दा अनौठो माध्यम प्रदान गर्ने दावी गरे ।
परियोजनाको आलोचना
–यो विज्ञापन रातको समय केही बेरको लागि मात्र देखिन्छ । संसारभरीका कयैन विशेषज्ञहरुले यस्तो विज्ञापनलाई व्यर्थ मानिरहेका छन् ।
–वैज्ञानिकहरुका अनुसार अहिले नै अन्तरिक्षमा कयैन भू–उपग्रह तैरिरहेका छन् । अब विज्ञापनका लागि पनि भू–उपग्रह पठाउन थालेपछि संख्या बढेर यीनिहरु आपसमा ठक्कर खाने सम्भावना बढ्नेछ ।
–अनुमानका अनुसार अन्तरिक्षको कक्षमा ७.५ हजार टन भू–उपग्रहका फोहोर तैरिरहेका छन् । यो खालको भूउपग्रह परियोजना यो फोहोर अझै बढाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण