बानेश्वरमा केसी समर्थक र प्रहरीबीच घम्साघम्सी, २५ जना पक्राउ (१८ तस्बिरमा हेर्नुहोस्)
काठमाडौँ– अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिने उद्देश्यले राजधानीको नयाँ वानेश्वरमा विवेकशील नेपाली दलसहितका समर्थकले प्रदर्शन गरेका छन् ।
सो क्रममा विवेकशीलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । निषेधित क्षेत्र तोड्न केसीका समर्थकले प्रयास गरेपछि दुई पक्षबीच घम्साघम्सी भएको हो । त्यस क्रममा प्रहरीले विवेकशीलका संयोजक उज्वल थापासहित २५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने अन्यमा विवेकशीलका सदस्यहरु शशी बिक्रम कार्की, अजिता राई, डा दिनेश प्रसाईं, अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी, लगायत रहेका छन् । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।
बिबेकशील नेपाली दलका नेता मिलन पाण्डेले डा केसीसँग १५ औँ अनशनमा सरकारले गरेको सम्झौतापत्र लिएर संसद भवनतर्फ अघि बढ्दै गर्दा प्रहरीले पक्राउ गरेको जानकारी दिए ।
तस्बिरहरु : सुवास श्रेष्ठ

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण