भेट्न पुगेका कमल थापासँग पारसले अङ्ग्रेजीमा भने– ‘नाउ आई एम गुड’
काठमाडौं । हृदयघात भइ उपचाररत पूर्व युवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा अध्यक्ष कमल थापा मंगलबार नर्भिक अस्पताल पुगेका छन् ।
अस्पताल पुगेका थापाले पारससँग संक्षिप्त कुराकानी गरे । अध्यक्ष थापालाई देख्नासाथ पारसले अङ्ग्रेजीमा ‘नाउ आई एम गुड’ भन्दै प्रतिक्रिया जनाएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले रातोपाटीलाई जानकारी दिए ।
हिजो दुखाई धेरै भएपनि अहिले कम हुँदै गएको र केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने जानकारी पाएको पारसले बताएका थिए ।
अध्यक्ष थापाले स्वास्थ लाभको कामना भन्दै नमस्कार गर्दा फेरि पारसले पुनः ‘आई एम गुड’ भन्दै थापालाई धन्यवाद दिएको बर्तौलाले जानकारी दिए ।
अध्यक्ष थापा पारसलाई भेटेर फर्किने क्रममा ढोकामा नै पूर्वरानी कोमल शाहसँग पनि जम्काभेट भएको थियो ।
सो अवसरमा राजपरिवारका अन्य सदस्यहरुसँग अध्यक्ष थापाको छोटो भलाकुसारी भएको बर्तौलाले बताए ।
अस्पताल परिसरमा राखिएको स्वास्थ लाभको पुस्तिकामा पनि थापाले हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण