‘फिङ्गर प्रिन्ट’ले ल्यायो ‘चाँहिदैन भो’ गीत
काठमाडौं – नविन निरौलाको लेखन तथा निर्देशन रहेको फिल्म ‘फिङ्गर प्रिन्ट’ १० फागुनबाट देशभर प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले ‘चाँहिदैन भो’ बोलको गीत सार्वजनिक गर्दै प्रचार प्रसार समेत थालनी गरेको छ ।
दीपक लिम्बूको स्वर, दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत रहेको उक्त गीत रोमानिटक शैलीमा तयार गरिएको छ । गीतमा कलाकार राज क्षितिज र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ ।
आरआर फिल्मस्ले बितरण गर्न लागेको ‘फिङ्गर प्रिन्ट’ मेडिकल साइन्सको बिषयमा केन्द्रित रहेर निर्माण भएको छ ।
अनिल श्रेष्ठ (रोमन)निर्माता रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।
फिल्ममा आयुष्मा र राजका अलवा दीपक त्रिपाठी, सरिता लामीछाने, रमेश बुढाथोकी, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, जेसिका भुसाललगायतका कलाकारले अभिनय देख्न सकिन्छ । फिल्मले मनोरन्जको अलवा सामाजिक सन्देश समेत दिने निर्देशक नविनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण