तीन एसपीको सरुवा, खनाल पुगे धनुषा
बुधबार, १६ माघ २०७५, १४ : ५३
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयको सहमतिमा तीन जना प्रहरी उपरिक्षक (एसपी) को काज सरुवा गरेको छ ।
धनुषा जिल्ला प्रहरी कार्यालयमा ललितपुरमा रहेका प्रहरी उपरिक्षक शेखर खनाललाई सरुवा गरिएको छ ।
त्यस्तै, धादिङ जिल्ला प्रहरी कार्यालयमा राजकुमार वैदवारलाई सरुवा गरिएको छ भने सिन्धुलीमा चक्रबहादुर सिंहलाई लगिएको छ ।
यसअघिका सिन्धुलीका एसपी रामेश्वर यादव विभिन्न विवादमा तानिएका थिए । उनी प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।
धनुषाका एसपी गोविन्द थपलियालाई ललितपुरमा ल्याइएको छ भने धादिङका एसपी डम्बर बिक महाराजगञ्जस्थित प्रहरी शिक्षालयमा तानिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
फेरि किन पक्राउ परे कांग्रेस नेता अभिषेक गिरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण