यी युवाले एक वर्षसम्म साङ्लोसँग डेट गरे, मरेपछि खाइदिए
जापानका एक युवाले साङ्लोसँग एक वर्षसम्म डेटमा रहेको खुलासा गरेका छन् ।
२५ वर्षे युमा सिनोहाराले उक्त साङ्लालाई आफ्नो पहिलो प्रेमिका बताउँदै उसँग कुराकानी समेत गर्ने गरेको बताए । उनले प्रेमिकाको नाम लिजा राखे ।
मेट्रोका अनुसार युमाले युट्युब च्यानल एसियन बसलाई दिएको जानकारी अनुसार उनले लिसालाई अफ्रिकाबाट ल्याएका हुन् ।
युमा एन्टोमेफेजिस्ट हुन् । अर्थात्, वातावरणीय दृष्टिकोणले उनी मासुको सट्टा किराफट्याङ्ग्रा खानुपर्छ भन्ने कुराको वकालत गर्छन् ।
द मिररका अनुसार उनी जापानमा किराफट्याङ्ग्रा खाने प्रतिस्पर्धाको आयोजना गर्ने मुख्य व्यक्ति हुन् ।
आफूहरुबीचको सम्बन्ध ‘प्लेटोनिक’ (पवित्र) भएपनि युमाले लिसासँग आफू किरा भएको सोचेर वा लिसालाई मानव आकारमा परिणत भएको सम्झेर शारिरिक सम्पर्कको सपना देख्ने गरेको स्विकार गरे ।
तर दुर्भाग्यवश, लिसाको एक वर्षपछि मृत्यु भयो जसका कारण युमा केही समयका लागि चिन्तित भए ।
‘उसको मृत्यु भएको दिनमा मलाई निकै गाह्रो भयो तर ऊ साङ्लो भएकाले उसको आयु निकै छोटो हुन्छ भन्ने कुरा पनि थाहा थियो ।’
मृत्यु भएपछि उनले लिसालाई खाने निधो गरे ।
‘म उनीप्रति निकै इमान्दार थिएँ त्यसकारण खाने निर्णय गरेँ ।’
‘अब अहिले लिसा मेरो मनमा बस्छिन् जो अहिले मेरो शरिरको अंग भएर बाँचिरहेकी छिन् ।’
युमाका अनुसार अरु कोही महिलाभन्दा लिसा निकै हट थिइन् । आफूहरु सम्बन्ध निकै गम्भीर भएकोसमेत युमाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण