सेक्स टोयमार्फत् महिला बलात्कार गरेको आरोपमा १९ वर्षे युवती पक्राउ
२५ वर्षकी एक महिलालाई सेक्स टोयमार्फत बलात्कार गरेको आरोपमा एक १९ वर्षीया भारतीय युवती पक्राउ परेकी छिन् । अदालतले उनलाई जुडिशल कस्टडीमा तिहाड जेलमा पठाएको छ ।
घटना गत वर्ष सेप्टेम्बरको हो । यो मामलामा सीमापुरी पुलिसले तीन युवकविरुद्ध मुद्दा दर्ता गरेको थियो । तर पुलिसले अर्की आरोपी १९ वर्षकी युवतीमाथि भने मुद्दा दर्ता गरेको थिएन । सर्वोच्च अदालतले समलैंगिकता (धारा ३७७) लाई अपराधको श्रेणीबाट बाहिर निकालेको भन्दै उनी आफू पक्राउ पर्न नहुने बताएकी थिइन् ।
नर्थ ईस्टमा बस्ने पीडितका अनुसार १९ वर्षीया युवतीले आफूलाई पटक–पटक बलात्कार र कुटपिट गरिन् ।
जानकारीका अनुसार पीडित महिला एक व्यवसायमा लगानी गर्नका लागि मानिससँग भेटघाट गरिरहन्थिन् । यसै क्रममा उनको भेट रोहित र राहुलसँग भयो । भेट भएकै दिन दुबैले पीडित महिलालाई दिलशाद कोलोनीको एक अपार्टमेन्टमा पुर्याएर सामूहिक बलात्कार गरे । त्यसपछि भिडियो बनाएर पीडितलाई ब्ल्याकमेल गर्न थाले । आरोपका अनुसार १९ वर्षकी युवतीले सेक्स टोयमार्फत् पीडितलाई बलात्कार गर्थिन् । अब ती युवतीलाई बलात्कारको आरोपमा समलैङ्गिकताको आधारमा पक्राउ गरिएको छ ।
शाहदरा जिल्लाका पुलिस अधिकारीले यसबारे पुष्टि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण