सुष्मा कार्कीको अर्को आइटम : भन्छिन्, ‘म आँख मारिदिन्छु, बर्बाद पारिदिन्छु ’
काठमाडौं – सुपरहिट फिल्म ‘लुट’को आइटम गीत ‘उध्रेको चोली’बाट चर्चामा आएकी अभिनेत्री सुष्मा कार्की फेरि आइटमा देखिएकी छन् ।
फिल्म ‘गुप्त’को ‘म आँख मारिदिन्छु’ बोलको आइटम गीतमा उनी अहिले देखिएकी हुन् । प्रदर्शन मितितय हुन बाँकी यो फिल्म युनिटले पहिलो प्रचार सामाग्रीका रुपमा आइटम गीत सार्वजनिक गरेको हो । गीतमा अभिनेत्री सुस्माले बोल्ड ठुम्का लगाएकी छन् ।
गीतमा सहिमा श्रेष्ठको स्वर छ, भने संगीत सजन श्रेष्ठले दिएकी छन् । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोका छायााकंन दिप्सन डंगोल हुन् ।
दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेको फिल्ममा शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको छ । राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन रहेको फिल्म ‘गुप्त’मा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बु लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण