आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सिद्धार्थ विजनेश ग्रुप २१ बर्षमा, बिरामी र अनाथलाई खाद्य सामाग्री प्रदान

मङ्गलबार, २२ माघ २०७५, १८ : ५८
मङ्गलबार, २२ माघ २०७५

काठमाडौं– सिद्धार्थ ग्रुपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २१ बर्ष  पुरा भएको छ । ब्यबसाय सुरु गरेको २१ बर्ष पुरा भएको अवसरमा ग्रुपले देशैभर रहेका २२ वटा शाखाहरुले आफ्ना गेष्टहरुलाई केक खुबाएर स्वागत गर्ने भएका छन । 

वार्षिक उत्सबका अवसरमा अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, मानसिक लगायत बिभिन्न समस्याका कारण सहारा गृहमा बस्दै आएका ब्यक्तिहरुलाई खाद्य सामाग्री वितरण सरसफाईका साथै पार्क हस्तान्तरण लगायतका कार्यक्रमहरु गर्न लागिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीले करिब २० लाखको लागतमा निर्माण गरेको कोहलपुर चौराहालाई कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । 

कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालि ब्यबसाय सुरु गरेको सिद्धार्थ ग्रुपका कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटबल, चितवनको चुम्लिङटार र काठमाडौंमा रेष्टुरेन्ट, होटेल, रिसोर्ट, टे«ड, क्याफे, इन्स्टिच्युट, कृषि फर्म र सहकारी गरी २२ वटा शाखाहरु रहेका छन ।

सिद्धार्थ गु्रपले कन्चनपुरको महेन्द्रनगर र झापाको बिर्तामोडमा निकट भविष्य मै होटलहरु संचालन गर्ने तयारी गरिरहेको छ । २१ औं बार्षिक उत्सबको अबसरमा सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी अन्र्तगतका सबै शाखाहरुहरुले ग्रुपले बार्षिक उत्सकका दिन माघ २३ गते सबै शाखाहरुमा फुड र बेभरेजमा १५ प्रतिशत छुट दिने ग्रुपका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप