जनगायक जीवन शर्मा मसालबाट निलम्बित !
बुधबार, २३ माघ २०७५, १२ : ५५
काठमाडौं– जनगायक जीवन शर्मा मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालबाट निलम्बित भएका छन् ।
पार्टी निकट स्रोतका अनुसार पार्टी हितविपरित जापानमा गएर गीत गाएको, नेकपा अध्यक्ष केपी ओली र प्रचण्ड सहभागि कार्यक्रममा सहभागि भएर गीत प्रस्तुत गरेकोलगायतका आरोप लगाउँदै उनलाई मसालले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको हो ।
पार्टीले स्पष्टीकरणसमेतको मौका नदिई शर्मालाई निलम्बन गर्ने निर्णय गरेको बताइएको छ ।
रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष समेत रहेका शर्मामाथि पार्टी अध्यक्ष मोहन विक्रमको लाइन नपक्रिएको आरोप समेत लगाइएको छ ।
शर्माको सिमली छायामा बसी, झरनाको चिसो पानी, सालघारीमा, सामन्तले, लडाईँको मैदानबाट, फोक्ल्याण्डको टापुबाट लगायतका जनवादी गीत चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण