सिंहले युवकमाथि हमला गर्यो, युवकले सिंहलाई नै मारिदिए
अमेरिकाको उत्तरी कोलोराडोमा एक अचम्मित गरिदिने घटना सार्वजनिक भएको छ । सिंहसँग आमनेसामने भएपछि सिंह मानिसमाथि भारी पर्ने गरेको हामीले देख्दै र सुन्दै आएका छौं । तर अमेरिकामा यस्तो भएन । सिंहले एक व्यक्तिमाथि हमला गरेर आफ्ना लागि मृत्यु निम्त्याएको छ ।
अमेरिकाको वन्यजन्तु अधिकारीले मंगलबार दिएको जानकारी अनुसार उत्तरी कोलोराडोको बाटोमा हिँडिरहेका एक पहाडी सिंहले युवकमाथि हमला गरेको थियो । युवकले सिंहको घाँटी थिचेर हत्या गर्यो ।
कोलोराडो पार्क्स एण्ड वाइल्डलाइफका अनुसार युवक गत सोमबार फोर्ट कलिन्स नजिकै हर्स ब्लूटूथ माउन्टेन ओपन स्पेसमा एक्लै दौडिरहेका थिए त्यति नै बेला सिंहले पछाडिबाट हमला गर्यो । सिंहसँग संघर्षका बेला युवकको अनुहार र हातमा चोट लाग्यो । यति हुँदा हुँदै पनि उनी सिंहलाई मार्न सक्षम भए ।
युवकलाई गम्भीर चोट लागेका कारण अस्पतालमा भर्ना गरिएको छ । उनी चाँडै नै ठिक हुने डाक्टरले आशा जताएका छन् । अधिकारीले युवकको पहिचान सार्वजनिक गरेका छैनन् ।
सिंह एक वर्षभन्दा पनि कम उमेरको भएकाले युवकलाई रेबिज लाग्ने सम्भावना निकै कम भएको डाक्टरले जानकारी दिएका छन् ।
कोलोराडो पार्क्स एण्ड वाइल्डलाइफकी प्रवक्ता रेबेका फैरेलले भनिन्, ‘युवकको इच्छाशक्ति र उनी निडर भएका कारण सिंहको हत्या गर्न सफल भए ।’
पहाडी सिंहको हमला दुर्लभ छ किनभने उनीहरु मानिसहरु देख्ने बित्तिकै भाग्छन् । उत्तर अमेरिकामा सय वर्षभन्दा बढी वर्षमा जनावरद्वारा २० भन्दा पनि कम मानिस मारिएको घटना सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण