लगनगाँठो कसेको तीन मिनेटभित्रै ‘डिभोर्स’
आइतबार, २७ माघ २०७५, ०९ : ३४
एक जोडीको लगनगाँठो कसेको तीन मिनेटभित्रै ‘डिभोर्स’ भएको छ । बेहुलाले जिस्काएको भन्दै बेहुलीले विवाह लगत्तै आफ्नो सम्बन्ध तोडेको बताइन्छ ।
विवाहको कानूनी प्रक्रिया समाप्त भएपछि यो जोडीले कोर्टहाउस बाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह अन्त्य भएको घोषणा गरिन् ।
रिपोर्टका अनुसार बेहुली हिँड्दा हिँड्दै लडेपछि बेहुलाले उनलाई ‘मुर्ख’ (स्टुपिड) भनेका थिए ।
क्यूएट न्यूजको दाबी अनुसार बेहुलाले आफूलाई मुर्ख भनेपछि ती महिला यति रिसाइन् कि उनले जजसँग तत्काल सम्बन्धविच्छेद गराइदिने माग राखिन् ।
जजले उनको माग सम्बोधन गरे । ती जोडीले विवाह दर्ता गराएको तीन मिनेटपछि नै त्यही जजले उनीहरुको सम्बन्धविच्छेद पनि गराए ।
कुवेतमा बस्ने यो जोडी श्रीमान्–श्रीमतीको रुपमा कोर्टहाउस बाहिरसमेत पुग्न सकेनन् ।
यो देशको इतिहासमा सबैभन्दा छोटो विवाह बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण