बढुवामा अन्याय गरिएको भन्दै एसपी उप्रेतीद्वारा ‘पदत्याग’ को निर्णय
गृह मन्त्रालयले शनिवार साँझ प्रकाशन गरेको बढुवा सिफारिस सूचीप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाल प्रहरीका प्रहरी उपरिक्षक (एसपी) नरेन्द्र उप्रेतीले पद त्याग गर्ने निर्णय गरेका छन् ।
एसपी उप्रेतिले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् । एसपीको राजिनामा हेड्क्वार्टर हुँदै गृह मन्त्रालयका सचिवले स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।
शनिवार प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बढुवा सिफारिस सुचिमा आफ्ना ब्याचका १४ जना सिफारिस हुँदा उप्रेतीलाई छुटाइएको थियो ।
बढुवा समितीले उप्रेतीको ब्याचबाट सन्दीप भण्डारीलाई एक नम्बरमा एसएसपी बढुवा गर्न सिफारिस गरेको थियो ।
महानगरीय प्रहरी अपराध महाशाखामा एक वर्षदेखि कार्यरत उप्रेतीले रातोपाटीसँग कुरा गर्दै आफुले पद त्याग्न लागेको बताए । उनले भने, ‘अब संगठनमा बस्दिँन, मैले पद त्याग गर्ने निर्णय लिएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण