आमाको मेहेन्दी कार्यक्रममा छाएका छोरा, रजनीकान्तकी छोरीको रिसेप्सनका तस्बिर
भारतका सुपरस्टार भनिने रजनीकान्तकी छोरी सौन्दर्या आज अर्थात् ११ फेब्रुअरीमा विवाह गर्दैछिन् । यो विवाह चेन्नईको ‘द लीला प्यालेस’ मा हुनेछ । यो होटल एमआरसी नगरमा छ र यहाँ धेरैको भीड लागेको छ । विवाहको कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यसअघि फेब्रुअरी ८ मा रिसेप्सनको आयोजना गरियो । त्यहाँ रजनीकान्तका आफन्त र साथीभाइको उपस्थिती रह्यो ।
स्मरण रहोस्, सौन्दर्याको यो दोस्रो विवाह हो । यसअघि सौन्दर्याको विवाह उद्योगपती अश्विन रामकुमारसँग भएको थियो । उनको सात वर्षको विवाह सन् २०१७ मा टुटेको थियो । सौन्दर्याका एक छोरा छन् जसको नाम वेद कृष्ण हो ।

अब सौन्दर्या विशनगन वनानगामुडीसँग विवाह गर्दैछिन् । उनी फार्मास्युटिकल कम्पनीका मालिक हुन् । यसबाहेक उनले फिल्ममा पनि काम गरिसकेका छन् । जिशनगनको पनि यो दोस्रो विवाह हो । यसअघि उनको विवाह एक म्यागजिनकी सम्पादक कनिका कुमारनसँग भएको थियो ।

मेहेन्दी कार्यक्रममा आफ्नाी आमा सौन्दर्याको हातमा मेहेन्दी हेर्दै वेद कृष्ण । वेद र सौन्दर्याको यो तस्बिर सोसल मिडियामा निकै रुचाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना आयोगको शक्ति अर्थ मन्त्रालयमा केन्द्रित हुँदा विकास सुस्त : डा. पुष्पराज कँडेल
-
बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने
-
कर्रा खोलाले ट्रक बगायो, चालकले पौडेर ज्यान जोगाए
-
युक्रेनका लागि ५० हजार आक्रमणकारी ड्रोन किन्दै जर्मनी
-
‘परराष्ट्र नीति, सम्बन्ध र सोचाइहरू पश्चिमा मुलुकबाट प्रभावित भएजस्तो छ’
-
२०५० सम्म विश्वमा क्यान्सरका नयाँ बिरामी ७० प्रतिशतले बढ्ने डब्लुएचओको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण