युवकले १४ करोडको चिट्ठा जिते, आफन्तले नचिनुन् भनेर मास्क लगाएर पुरस्कार थापे
जमैकाका एक युवकले अमेरिकामा १० लाख पाउन्डको चिट्ठा जितेका छन् । यद्यपी, उनले चिट्ठा जितेको ५४ दिनपछि मात्र पुरस्कार थापेका छन् । उनी पुरस्कार थाप्न मास्क लगाएर पुगेका छन् ।
एक वेबसाइटका अनुसार युवकको नाम ए क्याम्पबेल हो । आफन्तले नचिनुन् भन्नका लागि उनले मास्क लगाउने निर्णय गरेको बताए ।
मास्क लगाएर नै खिचे फोटोः
क्याम्पबेलले इनाम लिएको तस्बिर आयोजकले सोसल मिडियामा पनि सेयर गरे । उनले उनलाई डरलाग्दो मास्क लगाएर डान्स गरेको र ठूलो चेकसहित घुमिरहेको देख्न सकिन्छ । क्याम्पबेलका अनुसार उनी आफ्ना लोभी आफन्तसँग पैसा बाँड्न चाहँदैनन् त्यसकारण मास्क लगाएरै पुरस्कार लिए, फोटो खिचाए ।
क्याम्पबेलले जुन मास्क लगाएका थिए त्यो हलिउड फिल्म ‘स्क्रिम’ बाट लोकप्रिय भएको थियो । अमेरिकामा यो मास्क ह्यालोविनको मौकामा पनि प्रयोग हुन्छ ।
पहिचान लुकाउनुको कारणः बढ्दो अपराध दर
क्यारेबियन देशमा साधारणतया मानिसहरु भेष बदलेर चिट्ठामा जितेको रकम लिन पुग्छन् । यसका कारण यी देशमा बढ्दो अपराध दर हो । मानिसहरुलाई लाग्छ कि पहिचान उजागर हुँदा उनीहरु र उनको परिवारलाई पैसाका लागि हत्या गरिने सम्भावना छ । गत वर्ष जूनमा पनि एक चिट्ठा बिजेता स्माइल इमोजी लगाएर इनाम रकम लिन पुगेका थिए । उनले १८ करोड जमैकन डलर जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण