२५ वर्षे युवतीले प्राकृतिक रुपमा एकैपटक जन्माइन् ६ छोरी र एक छोरा
डेली मेल
इराकमा एक महिलाले एकैपटक ६ छोरी र एक छोरालाई प्राकृतिक रुपमा जन्म दिएकी छिन् । नयाँ आमाको स्वास्थ्य ठिक भएको बताइएको छ । रिपोर्टले नवजात शिशुहरुको स्वास्थ्य पनि राम्रो भएको बताएको छ ।
२५ वर्षे नाम नखुलाएकी महिलाले इराकको दियाली प्रान्तस्थित एक अस्पतालमा आफ्ना सात सन्तानलाई प्राकृतिक रुपमै जन्म दिएकी हुन् । एकैपटक सात सन्तानलाई जन्म दिएको यो देशकै पहिलो घटना बताइएको छ ।
स्थानीय स्वास्थ विभागका प्रवक्ताले एक वक्तव्य जारी गर्दै आमा, उनका ६ छोरी र एक छोराको स्वास्थ्य राम्रो भएको जानकारी दिएका छन् ।
ती शिशुका पिता युसुफ फदेलले आफ्नो परिवार यतिसम्म बढ्ला भनेर कहिले पनि नसोचेको बताए । अब उनको थाप्लोमा १० सन्तानको जिम्मेवारी थपिएको छ ।
यो घटनाले लेबनानको एक अस्पतालमा एकैपटक जन्मिएका ६ बच्चाको याद दिलाउँछ । त्यतिबेला एक महिलाले तीन छोरी र तीन छोरालाई एकै पटक जन्म दिएकी थिइन् । अमेरिकाको लोवा राज्यमा सन् १९९७ मा एउटी आमाले सात जीवित बच्चालाई जन्म दिएकी थिइन् । यसलाई यस्तो प्रकृतिको संसारकै पहिलो घटना मानिन्छ ।
अमेरिकामा उक्त घटना यति चर्चित भएको थियो कि तत्कालीन राष्ट्रपति बिल क्लिंटनले उक्त परिवारलाई फोन गरेका थिए र परिवारलाई विभिन्न चर्चित कार्यक्रममा पनि बोलाइएको थियो । थुप्रै कम्पनीले जोडीलाई मद्दत प्रदान गर्न अग्रसर भएका थिए । उनलाई एउटा घर उपहारस्वरुप दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण