‘कप्स’ गीतमा रोमान्टिक अनुपविक्रम र सन्दिपा
काठमाडौं – फिल्म ‘कप्स’ले पहिलो गीत सार्वजनिक गरेको छ । विहिबार राजधानीमा एक कार्यक्रम गर्दै ‘तिमी र म’ बोलको पहिलो रोमान्टिक गीत सार्वजनिक गरेको छ ।
टर्कीका विभिन्न रमणीय स्थानहरुमा खिचिएको गीतमा अभिनेता अनुपविक्रम शाही र नवअभिनेत्री सन्दिपा लिम्बुको रोमान्स देख्न सकिन्छ ।
विजय घिमिरे र नितु घिमिरेको स्वर रहेको गीतमा विजयको शब्द तथा संगीत छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतमा अनुप र सन्दिपाको केमेस्ट्री सुहाएको छ ।
सम्राट सापकोटाको निर्देशन रहेको फिल्ममा अनुपविक्रम र सन्दिपाको अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारको अभिनय छ ।
‘आर्या मूभिज’ र ‘सारा श्री मूभिज’को ब्यानरमा निर्माण भएको फिल्मले एक्सन र लभस्टोरी जनरामा तयार भएको छ । कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण