भिडियोः जब अस्कर कार्यक्रममा नग्न अवस्थामा दौडिएर स्टेजमा आए यी व्यक्ति, पाँच वर्षपछि हत्या
फुटबलको मैदान वा कुनै विरोध कार्यक्रममा तपाईंले नग्न व्यक्ति दौडिरहेको सायद देख्नुभएको होला । यो हज्जारौं व्यक्तिको ध्यान आकर्षित गर्ने एउटा तरिका पनि हो । तर के तपाईंलाई अस्कर अवार्डको क्रममा पनि एक व्यक्ति नग्न अवस्थामा स्टेजमा दौडिएका थिए भन्ने थाहा छ ?
यो सन् १९७४ को कुरा हो । नायक डेविड निवेन अस्कर अवार्ड होस्ट गरिरहेका थिए । त्यति नै बेला उनको पछाडि एक नग्न व्यक्ति आफ्नो औंलाले शान्तिको निशाना बनाउँदै दौडिएर स्टेज सामू आए । डेविड अचम्मित थिए तर उनले निकै आरामपूर्वक परिस्थितीलाई सम्हाले । त्यसपछि ती व्यक्तिको खोजी भयो । रोबर्ट ओपेल नामका यी व्यक्ति एक कार्यकर्ता र कलाकार थिए । रोचक कुरा के छ भने रोबर्टलाई उक्त व्यवहारपछि न त पक्राउ गरियो न नै उनलाई कार्यक्रम स्थलबाट निकालियो । उनी कार्यक्रमपछि अन्य सेलिब्रिटी झैं ओस्करपछि पत्रकार सम्मेलनमा देखिए । उनले पत्रकारसँगको कुराकानीमा भने, ‘मलाई लाग्छ कि मानिसहरु सार्वजनिक स्थलमा नग्न हुन लजाउनु हुँदैन । मलाई लाग्छ कि यस्तो गरेर तपाईंले एक शानदार करियर बनाउने सम्भावना बढ्ने गर्छ ।’
रोबर्ट अस्कर पहिले पनि यस्तो व्यवहार गरिसकेका थिए । उनी लस एन्जेलसको सिटी काउन्सिल मिटिङमा विरोध दर्ता गराउन नग्न अवस्थामा पुगेका थिए । उनी समलिङ्गी अधिकारका लागि निकै सक्रिय थिए । यसबाहेक उनी एक समलिङ्गी पत्रिकामा फोटोग्राफर पनि थिए । यद्यपी, लस एन्जेलसका पुलिस चीफ सामू नग्न भएका कारण उनलाई चार महिनाको जेल सजाय भएको थियो । उनी त्यतिबेला पनि समुद्री किनारामा नग्न हुन नपाउने विषयमा आन्दोलन गरिरहेका थिए । उनले सन् १९७८ मा देशको पहिलो समलिङ्गी आर्ट ग्यालरी खोलेका थिए । यद्यपी, सन् १९७९ मा दुई चोर उनको स्टूडियोमा छिरेर उनीसँग पैसा र लागुऔषधको माग गरे । उनीहरुले रोबर्टको टाउकोमा गोली हानेका थिए जसका कारण उनको तत्काल मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण