युवतीलाई टाउको दुख्यो, औषधी खाएर सुतिन्, उठ्दा थाहा भयो कि आमा बनिसकेकी छिन्
सुतेर उठ्दा तपाईं आमा बनिसक्नुभएको छ भन्ने थाहा पाएपछि कस्तो लाग्ला ?
ब्रिटेनकी एबोनी स्टिवेन्सनलाई यस्तै भएको छ । एबोनी १८ वर्षकी हुन् । ब्रिटेनको ओल्डह्याम भन्ने स्थानमा बस्छिन् । २०१८ डिसेम्बर २ तारिखमा उनलाई टाउको दुख्यो । उनलाई अस्पताल भर्ना गरियो । त्यसपछि एबोनी कोमामा गइन् ।
स्वास्थ्योपचारका बेला थाहा भयो कि उनलाई प्रिक्लेम्प्सिया नामको रोग लागेको थियो । त्यसकारण उनलाई अचानक टाउको दुखेको थियो । पिक्लेम्प्सिया एक प्रकारको स्वास्थ्य अवस्था हो जुन गर्भवती महिलामा देखिन्छ । यसमा उच्च रक्तचाप हुन्छ, हात–खुट्टा सुन्निन्छ, पिसाबमा प्रोटिन बढ्नेजस्ता लक्षण देखिन्छ ।
तर के एबोनीलाई यसबारे केही थाहा थियो ?
कसरी थाहा हुन्थ्यो । उनको बच्चा उनको दोस्रो पाठेघरमा हुर्किरहेको थियो ।
उपचारका क्रममा एबोनीको दुईवटा पाठेघर भएको पत्ता लाग्यो । मेडिकल साइन्समा यो अवस्थालाई युटेरस डिडेलफिस ९ग्तभचगक म्ष्मभउिजथक० भनिन्छ । एबोनीको बायाँ तर्फको पाठेघरमा बच्चा हुर्किरहेको थियो । त्यो बायाँतर्फ नै झुकेको थियो त्यसकारण पेट पनि खासै बढेको थिएन । उनको पेटमा बच्चाको विकास राम्रोसँग भइसकेको थियो । एबोनी अस्पतालमा भर्ना भएलगत्तै उनको शल्यक्रिया गरियो । एबोनीले छोरीलाई जन्म दिइन् तर यो कुरा उनले तीन दिनपछि मात्र कोमाबाट फर्किएपछि होसमा आएपछि थाहा पाइन् ।
एबोनी कलेजमा स्पोर्टस् फिजियोथेरापीको अध्ययन गरिरहेकी थिइन् । कोमाबाट फर्किएपछि एबोनीलाई टाउको दुखेर औषधी खाएर सुत्न गएको मात्रै थाहा भएको बताउँछिन् ।
एबोनीले आफ्नी छोरीको नाम एलोडी राखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण