नख्खु बम विस्फोटमा संलग्न रहेकाे आरोपमा विप्लवका एक कार्यकर्ता पक्राउ
काठमाडौं– ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा १ जनाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोटका सूर्य भुजेललाई मंगलबार दिउँसो काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।
नुवाकोटको तारकेश्वर गाउँपालिका स्थायी घर भइ काठमाडौंमा बस्दै आएका उनलाई आफन्तको बिहेमा सहभागि भएको अवस्थामा कलंकीबाट पक्राउ गरिएको बताइएकाे छ ।
महानगरीय अपराध महाशाखा स्रोतका अनुसार नख्खु बम विस्फोटको घटनामा उनको संलग्नता रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो । प्रहरीले बम विस्फोटमा उनकै मुख्य भूमिका रहेको दाबी गरेको छ।
महाशाखाको टोलीले अभियुक्त भुजेललाई मंगलबार नै महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाएको छ ।
उनी नेकपा महासचिव नेत्रविक्रम चन्द नेतृत्व पार्टीको युवा संगठनमा आवद्ध छन् ।
घटनामा आफ्नो पार्टीको संलग्नता रहेको यसअघि नै विप्लव नेतृत्वको नेकपाले बताइसकेको छ भने सरकारले पनि सो घटनामा विप्लवकै संलग्नता रहेको बताएको थियो ।
विगतमा तत्कालीन माओवादी केन्द्रमा आवद्ध उनी केही वर्षयता विप्लवको पार्टीमा सक्रिय रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
फेरि किन पक्राउ परे कांग्रेस नेता अभिषेक गिरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण