६५ वर्षे वृद्धाले छोरी जन्माइन्, ८० वर्षे पिताले ‘बहुमूल्य उपहार’ भन्दै भगवानलाई धन्यवाद दिए
काश्मिरकी ६५ वर्षे वृद्धाले एक स्वस्थ छोरीलाई जन्म दिएकी छिन् । बालिकाको जन्म पछि ८० वर्षे पिताले ‘बहुमूल्य उपहार’ का लागि ‘अल्लाह’ लाई धन्यवाद दिएका छन् । नाम नखुलाइएकी ती आमाले आफू संसारको सबैभन्दा वृद्ध आमा भएको दाबी गरिरहेकी छिन् ।
यद्यपी, बुवा हाकिम दिनले छोरीलाई हुर्काउनका लागि आर्थिक सहयोग आवश्यक पर्ने बताएका छन् ।
सन् २०१८ को डिसेम्बर २६ तारिख (बक्सिङ डे) को दिन जम्मु–कश्मिरको पुन्छ जिल्लाको एक अस्पतालमा ती वृद्धाले छोरीलाई जन्म दिएको डेली मेलले बताएको छ ।
यो जोडीको १० वर्षको छोरासमेत भएको जानकारीमा उल्लेख छ ।
कश्मिरका स्त्रीरोग विशेषज्ञ डा. साबिर सिद्दीकीले स्थानीय पत्रकारलाई यो घटनालाई ‘दुर्लभको पनि दुर्लभ’ संज्ञा दिएका छन् ।
‘साधारणतया भारतमा महिलाको महिनावारी ४७ वर्षमा सुक्छ । महिनावारी रोकिएपछि बच्चा जन्माउने बारे सोच्नै सकिँदैन । तर यो दुर्लभ घटना हो,’ उनले भने ।
यदि यो कुरा साँचो हो भने उनी प्राकृतिक तरिकाले गर्भाधान गर्ने संसारकै सबैभन्दा वृद्ध आमा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण