सोनाक्षीले बबी देओललाई जुरुक्कै उठाएपछि...
बलिउडका अभिनेत्रीहरुमध्ये शत्रुघन सिन्हा पुत्री सोनाक्षी आफ्ना फरक अभिनय शैलीको कारण चर्चित छिन् । खासगरी, परम्परागत अभिनेत्रीहरुले जस्तो विशुद्ध महिलाले मात्रै गर्ने खालको अभिनयभन्दा पनि ‘मर्दानी’ अर्थात् अभिनेताहरुले गर्ने खालका दृश्यहरुमा उनी बढी जम्ने गर्छिन् ।
हालसालै मात्रै अभिनेत्री हुमा कुरैशीले आयोजना गरेको एक पार्टीमा सोनाक्षीले त्यस्तै क्रियाकलाप गरेर चर्चामा आएकी छिन् । गत शुक्रबार नारी दिवसको अवसरमा आयोजित उक्त पार्टीमा प्रियंका चोपडा, अक्षयकुमार, ट्विंकल खन्ना, मलाइका अरोडा, सोनाक्षी सिन्हा र बबी देओल समेत आमन्त्रित थिए ।
त्यसपार्टीमा सामेल हुन बबी देओल जसै आइपुगे, सोनाक्षीले उनलाई अंकमाल गरिन् । त्यसपछि उनले देओललाई कम्मरमा समातेर जुरुक्कै हावामा उठाइन् । उनको त्यो पहलमानी देखेर पार्टीमा उपस्थित सबैजना चकित र रोमान्चित बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण