फ्लाइट इमर्जेन्सी : आमाले विमानस्थलमै बच्चा भुलिन्...
एक महिलाले आफ्नो बच्चालाई विमानस्थलको टर्मिनलमा नै भुलेपछि यात्रुवाहक विमानबीच बाटोबाटै साउदी विमानस्थलमा पुनः फर्कन बाध्य बनेको छ ।
जेद्दाहबाट मलेसियाको क्वाललम्पुरतर्फ विमान उडिरहेको बेला ती महिलाले चालक दलका सदस्यलाई आफ्नो बच्चा हराइरहेको जानकारी गराएकी थिइन् ।
ती महिलाको आग्रहपछि पाइलट पुनः जेद्दाह विमानस्थलमा फर्कन एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई आग्रह गरेका थिए ।
गल्फ न्युजका अनुसार ती महिलाले किङ अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा नै आफ्नो बच्चालाई भुलेकी थिइन् ।
हाल एउटा अडियो क्लिप निकै भाइरल भइरहेको छ जसमा विमानस्थलका कर्मचारी र पाइलटबीचको संवाद रहेको छ ।
पाइलटले एटिसीका कर्मचारीलाई सोध्छन्, ‘भगवान हामीसँग रहुन् । के हामी फर्कन सक्छौँ ।’
त्यसपछि एक एटिसीका कर्मचारीलाई ‘यो विमानले फर्कन आग्रह गर्दैछ..... एक जना यात्रुले आफ्नो बच्चा प्रस्थान कक्षमा नै भुलेछिन्, विचरा ।’
त्यसपछि उनीहरु भन्छन्, ‘ठीक छ गेटमा फर्क, यो हाम्रो लागि विलकुलै नयाँ घटना हो ।’
फ्लाइट ट्रयाकिङ डाटाले उक्त विमान एक घण्टा ढिलो उडाएको देखाएको थियो । तर, यही कारणले विमानको उडानमा ढिलाइ भएको भन्ने स्पष्ट छैन ।
त्यस्तै, विमानले उडान भरिसकेको थियो या थिएन भन्ने पनि स्पष्ट छैन ।
गत वर्ष जर्मनीका एक जोडीले पनि छुट्टी मनाएर फर्कने क्रममा आफ्नो छोरीलाई विमानस्थलमा नै भुलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण