सुर्तीबारे कक्षा : राम्रोसँग पाठ बुझ्नका लागि कक्षाकोठामै धुम्रपान गर्न छुट
कलेजको कक्षाकोठा जस्तै देखिने स्थानमा विद्यार्थीहरुले धुम्रपान गरिरहेको तस्विर केही समयदेखि इन्टरनेटमा ब्यापक रुपमा सेयर भइरहेको छ । उक्त तस्विरले सबैलाई अचम्मित बनाएको थियो । तर, अहिले उक्त तस्विर सुर्तीबारेको कक्षा रहेको खुलेको छ ।
उक्त विवादास्पद फोटो गत नोभेम्बरमा चीनको सामाजिक सञ्जाल वेइबोमा भाइरल भएको थियो । त्यसयता उक्त फोटो अन्य सामाजिक सञ्जालमा पनि ब्यापक रुपमा सेयर भएको छ ।
फोटोमा युवा विद्यार्थीहरुले चुरोट सल्काउँदै गरेको देख्न सकिन्छ भने केही विद्यार्थीले स्मार्टफोनले फोटो खिचिरहेको र शिक्षकले त्यसलाई चुपचाप हेरिरहेको पनि देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा फोटो भाइरल बनेपछि त्यसको व्यापक आलोचना भएको थियो । अन्ततः विश्वविद्यालयका डिनले यसबारे स्पष्टिकरण दिनुपरेको थियो ।
युनान कृषि विश्वविद्यालयका डिन झाओ झेनडियोङका अनुसार उक्त फोटो सुर्तीबारे कक्षाका दौरान लिइएको थियो । जसमा शिक्षकले विभिन्न ब्रान्डका चुरोट ल्याएर विद्यार्थीहरुलाई चाख्न दिएका थिए ।

सुर्तीबारे विस्तृत रुपमा बुझ्न, यसको स्वाद र यसले घाँटीमा गर्ने प्रभावबारे बुझ्न शिक्षकले सो विधि अपनाएको स्पष्टिकरण उनले दिएका छन् । झाओका अनुसार विद्यार्थीहरुलाई चुरोट पिउन बाध्यकारी नभए पनि सबैले यसमा भाग लिएका थिए ।
यता, विश्वविद्यालयका विद्यार्थीहरुले पनि शिक्षकको उक्त विधिको बचाऊ गरेका छन् । ‘हामीले चुरोट पिएका होइनौँ । हामीले त्यसको बारेमा जानकारी मात्र लिएका हौँ,’ विद्यार्थीले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसका बावजुद धेरैले यो विधि खतरनाक भएको र विद्यार्थीको जीवनलाई जोखिममा पारेको आरोप लगाएका छन् ।
‘अब जाँचमा के गर्ने ? कसले छिटो चुरोट तान्छ भनेर प्रतिस्पर्धा गराउने ?,’ एक जनाले टिप्पणी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण