नौ महिनाको सन्तान छाडेर आमा टाप कसेपछि....
गुल्मी– गुल्मीको दर्लामचौर गाउँमा एक महिलाले नौ महिनाको दुधे वालक आमाले छाडेर टाप कसेपछि चार दिनदेखि बालक र अन्य दुई नावालकहरु विचल्लीमा परेका छन् । ईस्मागाउँपालिका वडा नम्वर ३, दर्लामचौर सिमपानीका वावुराम घर्ति– थापाकी ३० वार्षिया श्रीमति बिना घर्ति साउन–१५ गतेदेखि घर छाडेर सम्पर्कविहिन भएपछि उनको ९ महिनाका सन्तान चौविसै घण्टा आमा खोजेर रोईरहेका छन् भन्ने दुई नावालकहरु पनि विचल्लीमा परेका छन् ।
उनी घरबाट हिँडेकोे दुईदिन अघि मात्र उनका श्रीमान घर आएका थिए । श्रीमान आएको तिन दिन अघि परपुरुषसंग लसपस गरेको आरोपमा उनकी सासुले गाउँवासी गुहारेकी थिईन् । श्रीमतिको त्यस्तो चर्तिकलाको खवर पाएर घर आएका घर्तीलाई श्रीमतिले बैंकमा राखेको ४ लाख रुपैयाँ झिकेर आउँछु भनेर हिडेको तर तम्घास पुगेपछि सम्पर्कविहिन भएको बाबुरामले बताए ।
तीन वर्ष अघि वावु आमासँग छुट्टाएर बेग्लै घर बनाएर राखेकी उनकी श्रीमतिले पाँच दिन अघि गाउँवासीको नजरमा अपरिचीत युवालाई घरमा ल्याएर राखेको र उनकी सासुले आशंका गरी चियो गर्दा अर्धनग्न अवस्थामा बुहारी र पलङ्गमुनी लुकेर बसेको अवस्थामा युवालाई फेला पारको उनकी सासुको आरोप छ ।
न पैसो न श्रीमति ?
बाबुराम धेरै बर्षयता मजदुरी गर्न भारतका विभिन्न शहरमा बस्दै आएका थिए । उनी भारतमा गाडी चलाउथे । गाडी चलाएर कमाएको पैसा श्रीमतिलाई पाठाउने गरेको उनले बताए । भने ‘गाडी चलाउन थालेको करिव २३ वर्ष भयो । कमाएर पठाएको करिव १९ लाख रुपैयाँ श्रीमतिबाट हिनामिना भएको छ । चार लाख त केहि समय अघिमात्रै पठाएको थिएँ । त्यो पैसा खोई भन्दा बैंकमा छ झिकेर आउँछु भनेर हिडिन् । घरका भैसी बाख्रा पनि बेचिएको छ । दुई तोला सुन, अन्य जिन्सी र महत्वपुर्ण कागजपत्र पनि छैन ।’
केही बर्षयता पुरानो घरदेखि माथीतिर एक्लो ठाउँमा घर बनाएर राखेपछि श्रीमतिको खर्च र रवाफ बढ्दै गएको उनको भनाई छ । बाबुराम दशैमा घर आएर भारत फर्केका थिए । ‘परिवारको खुशीका लागि वावुआमाको मन दुखाएर भए पनि धेरै बर्ष भारतमा दुख गरें अहिले न श्रीमति छ न पैसो ?’
घर्तिले भने ‘हामीजस्ता मुग्लानीको पसिनाको मोल उसले नबुझे पनि अरु महिलाले बुझुन् भन्ने कामना गर्छु ।’ घर्तिले खोजतलासका लागि ईस्मा प्रहरी चौकीमा उजुरी दिएको र गाउँ प्रमुख लक्ष्मण बिष्टसँग पनि गुनासो पोखेका छन् ।
गुल्मीमा श्रीमान विदेश गएका महिलाहरु यसरी हराउने बिनामात्र भने होइनन् । यसअघि पनि कतिपय पुरुषका श्रीमतिहरु यसरी नै घर छाडेर हिड्ने र एकदुई वर्ष पछि फर्केर श्रीमानसँग अंशको दावी गर्ने गरेका केहि घटना धेरै रहेको अधिवक्ताहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण