कुखुरा फार्ममा पसेको स्यालमाथि कुखुराले आक्रमण गर्दा स्यालको मृत्यु
बीबीसी । फ्रान्सको उत्तर–पश्चिम भागमा रहेको एक स्कुले फार्ममा पसेको एक स्याल फार्मका कुखुराको झुण्डको आक्रमणमा परेर मरेको विश्वास गरिएको छ ।
फर्ममा स्यालको एक सानो बच्चा पसेको थियो । तर उ गलत समयमा गलत ठाँउमा पुगेको थियो ।
स्याल फार्म पसेपछि आत्तिएका कुखुराहरुको झम्टाईमा परेर स्याल मरेको हो । फार्ममा त्यो समय तीन हजार कुखुरा थिए ।
यो अनौठो घटना फ्रान्सको ब्रिटानीमा भएको हो ।
फार्मका प्रमुख पास्कल ड्यानियले फार्ममा अटोमेटिक ढोका रहेकाले स्याल पस्नासाथ ढोका आफैँ बन्द भएको हुनसक्ने बताए ।
‘स्यालको घाँटीमा घाउ थियो । त्यो कुखुराको चुच्चोले पारेको चोटबाट बनेको थियो,’ ड्यानियलले भने । सोही चोटबाट स्याल मरेको ड्यानियलले बताए ।
ड्यानियलका अनुसार घटनाबारे अर्को दिनमात्र पत्ता लागेको थियो । अर्को दिन कर्मचारीहरु फार्ममा जाँदा त्यहाँ ६ महिनाजतिको स्यालको मृत शरिर भेटिएको थियो ।
पाँच एकडमा फैलिएको फार्ममा ६ हजार खुल्ला छाडिएका चल्ला थिए । फार्म दिनमा खुल्ला छाडिन्छ । यसले गर्दा धेरै जसो कुखुराहरु दिनको समयमा बाहिर टहल्लिरहेका हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण