यो सरकार नै जनसरकार हो : प्रधानमन्त्री ओली
विराटनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रदेश कमिटीका सदस्यहरुलाई कुशल संगठक, सहि विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।
नेकपा प्रदेश कमिटी प्रदेश नम्वर १ को पहिलो वैठक तथा सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक चेतना र विकास निर्माणका अभियन्ताका रुपमा सफलता मिलोस भन्ने शुभकामना समेत दिए।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई जनताले दुई तिहाई वहुमत दिएको हुनाले यो सरकार नै जनसरकार भएको बताए । “ती जनताकै लागि सरकारले काम गरिरहेकाले यो सरकार नै जनसरकार हो ” प्रधानमन्त्री ओलीले भने “ कम्युनिष्ट पार्टीको सरकार कस्तो हुन्छ भन्ने कुरा यो सरकारले देखाउने छ । ”
आधुनिक देश,आधुनिक प्रदेश र आधुनिक स्थानीय सरकार कस्तो हुन्छ भन्ने देखाउन त्यहि ढंगले काम गर्न उनले निर्देशन दिए । उनले प्रदेश कमिटीका सदस्यहरुलाई स्थानीय तहलाई निर्देशन कम सुझाव बढि दिन सल्लाह दिए ।
प्रधानमन्त्री ओलीले आउँदो चुनावमा दुई तिहाई भन्दा वढि मतसहितको सरकार बनाउने दावी गरे । “नेकपा वैचारिक हिसावले स्पष्ट छ ” प्रधानमन्त्रीले भने “ हरेक राष्टिय मुद्धामा हाम्रो मत स्पष्ट छ । ”
प्रधानमन्त्री ओलीले शास्त्रीय मार्क्सवाद भन्दा आजको समयअनुसार चल्न सक्ने मार्क्सवादको उपयोग गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण