जुका–चुर्नाले सतायो ? खानोस् यी ६ खानकुराहरु
हाम्रा शरीरभित्र विभिन्न परजीविहरु हुन्छन् । ती परजीविहरुले हाम्रो शरीरको पोषणहरु सोसेर खाइदिइरहेको हुन्छ । मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरुलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरु पनि पाइन्छन् । आउनोस्, त्यस्ता स्वस्थकर, मानावोपयोगी खानेकुराहरुबारे जानीराखौं ।
बेसार

बेसारलाई चमत्कारी खानकुरा मानिन्छ । बेसारले शरीरभित्र रहेका जुकाहरु लगायत अन्य विभिन्न परजीविहरुलाई मारेर शरीरबाट बाहिर निस्कासन गर्न मद्दत गर्छ ।
ल्वाङ
ल्वाङमा कार्योफिलिन (Caryophyllene) पाइन्छ । रगतमा ल्वाङमा पाइने त्यो तत्व मिसिएपछि शरीरभित्र रहेका परजीविहरु, तिनका अण्डा र लार्भालाई मारिदिन्छ ।
लसुन

ताजा लसुनमा एलिसिन (Allicin) पाइन्छ । यो एलिसिन प्राकृतिक रुपमै पाइने त्यस्तो प्रभावशाली एन्टिबायोटिक्स हो, जसले २० किसिमका व्याक्टेरियाहरु, ६० किसिमका ढुसी (फङ्गस) र केही खतरनाक भाइरसहरुलाई समेत मारिदिन्छ ।
फर्सीको बियाँ

फर्सीको बियामा क्युकुरविटासिन (Cucurbitacin) पाइन्छ । यसमा पनि प्रतिजैविक तत्त्वहरु पाइन्छ । त्यसले शरीरमा भएरका परजीविहरु र तथा तिनका लार्भाहरुलाई पक्षघात गराएर निष्क्रिय बनाइदिन्छ ।
मेवाका दाना

मेवाका दानाले शरीरभित्र टेपवर्म र अन्य विभिन्न किसिमका परजीवि एवं जुकाहरुलाई मारिदिन्छ ।
अदुवा

शरीरभित्र रहेका जुकालगायतका परजीविहरुलाई मार्नको लागि अदुवा पनि एउटा प्रभावकारी खानेकुा हो । यसले आन्द्राको संक्रमणबाट हामीलाई बचाउँछ र आमाशयमा एसिडको नियमित उत्पादनमा पनि सहयोग पुर्याउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण