१५ करोड रुपैयाँमा बिक्यो यो परेवाः बिक्रिकर्ताले नै भने, ‘यति रकम सपनामा पनि सोचेको थिइनँ’
बीबीसी
बेल्जियममा एउटा परेवा १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाख रुपैयाँमा लिलामी भएको छ ।
अक्सन (लिलामी) हाउस पिपाले अर्मान्डो नामको यो परेवालाई ‘लामो दुरीको सबैभन्दा उत्कृष्ट बेल्जियमको परेवा’ बताएको छ । साथै यो परेवालाई ‘परेवाहरुको लूईस हेमिल्टन’ पनि बताइँदैछ ।
यो लिलामी अघि सबैभन्दा महँगो परेवा ३.७६ लाख यूरो (४ करोड रुपैयाँ) मा बिक्रि भएको थियो । अर्मान्डोलाई लिलामीका लागि राखेपछि नै उक्त रेकर्ड टुटेको हो ।
अर्मान्डो यो वर्ष पाँच वर्ष पुगेको छ र अब अवकाशको आनन्द लिइरहेको छ ।
यति ठूलो लिलामीमा विश्वास लागिरहेको छैनः
पिपाका मुख्य कार्यकारी अधिकारी निकोलास गाएसेलब्रेख्तलाई परेवा यति महँगोमा बिक्रि भएकोमा विश्वास नै भइरहेको छैन । उनी भन्छन्, ‘मलाई यो कुरा पत्याउन मुश्किल भइरहेको छ ।’
उनले थपे, ‘हामीले सपनामा पनि यति रकमबारे सोचेका थिएनौं । हामीले अर्मान्डोको मूल्य चारदेखि पाँच लाख वा अति नै धेरै भए ६ लाख यूरोसम्म हुनसक्ने आँकलन गरेका थियौं ।’
गाएसेलब्रेख्तका अनुसार चीनका दुई खरिदकर्ताले लिलामीमा अत्यधिक बोली लगाए । एक घण्टामा यो बोली ५.३२ लाख यूरोदेखि १.२५ मिलियन यूरोसम्म पुग्यो ।
थुप्रै हवाई रेस जितिसकेको छ अर्मान्डोः
सबै कुरा ध्यानमा राख्दै हवाई दौड गर्ने यी परेवाको मूल्य २, ५०० यूरो हुन्छ । तर अर्मान्डो कुनै साधारण परेवा होइन ।
आफ्नो करियरको अन्तिम तीन दौडलाई उसले जितेको छ । यसमा २०१८ को ऐस पिजन च्याम्पियनशीप, २०१९ को पिजन ओलम्पियाड र अंलूलेम समावेश छन् ।
अर्मान्डोका प्रशंसकको पनि कमी छैन । बेल्जियमको परवेज शहरको स्थानीय पिजन फेन्सिन्ग असोसिएशनका अध्यक्ष फ्रेन्ड वेंकलीले बेल्जियमको सरकारी प्रशारणकर्ता आरटीबीएफसँगको कुराकानीमा भने, ‘अर्मान्डो ‘परेवाहरुको लुईस हेमिल्टन’ हो र खेल इतिहारमा सबैभन्दा विशेष छ ।’
अर्नान्डो अब अवकाशको आनन्द लिइरहेको छ । अब उनका नयाँ मालिक अर्मान्डोबाट प्रजनन गराउनेछन् र उनको वंशलाई अघि बढाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण