तात्तातो चिया खाने बानी छ ? सावधान ! क्यान्सर लाग्ला है
धेरैले आफ्नो दिनको सुरुवात तातो चियाबाट गर्छन् । तर तात्तातो चिया खान रुचाउनेहरुले भने होस् गर्ने बेला आएको । किनभने यसले भोजननलीको क्यान्सर हुने खतरा दोब्बरले वृद्धि हुने एक नयाँ अनुसन्धानले बताएको छ ।
अनुसन्धानकर्ताका अनुसार जसले ६० डिग्री सेल्सियस भन्दा तातो र दिनमा सात सय मिलिलिटर, लगभग दुई ठूलो कप, चिया खान्छन्, त्यस्ता व्यक्तिहरुको भोजननलीको क्यान्सर हुने सम्भावना थोरै तथा कम तातो चियो खानेहरुको भन्दा ९० प्रतिशत बढी हुन्छ ।
उत्तरपूर्वी इरानको गोलेस्तान प्रान्तका ५० हजार बढीमा उक्त अनुसन्धान गरिएको थियो ।
‘धेरैजना चिया, कफी र तातो पेय पदार्थमा रमाउने गर्छन् । यद्यपी, हाम्रो रिपोर्टले धेरै तातो चियाले भोजननलीको क्यान्सर हुने सम्भावना अत्यधिक बढाउने निष्कर्ष निकालेका कारण तातो पेय पदार्थ थोरै नसेलाएसम्म नखान हामी सल्लाह दिन्छौं,’ अमेरिकन क्यान्सर सोसाइटी एवं अनुसन्धानका मुख्य लेखक डा. फर्हाद इस्लामीले बताए ।
यो अनुसन्धान इन्टरनेशनल जर्नल अफ क्यान्सरमा गत बुधबार प्रकाशित भएको हो । यस अघिका अनुसन्धानले तातो चिया र भोजननलीको क्यान्सर एक–अर्कासँग सम्बन्धित भएको बताएपनि निश्चित तापक्रमबारे तोक्ने यो नै पहिलो अनुसन्धान भएको लेखकले दाबी गरेका छन् ।
भोजननलीको क्यान्सरले प्रत्येक वर्ष लगभग चार लाखको ज्यान लिने गरेको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले बताएको छ । धुँवा, रक्सी, सम्भवतः तातो पेय पदार्थका कारका भोजननलीमा बारम्बार घाउ भइरहने हुँदा यसले क्यान्सरको सम्भावना बढाउने गर्छ ।
भोजननली एउटा लामो नली हो जसले हाम्रो खाना र पेय पदार्थलाई पेटसम्म पुर्याउने काम गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण