‘शुभ लभ’ मेरो भाग्य परीक्षा होः ज्योतिष हरिहर
काठमाडौं – युवा ज्योतिस हरिहर अधिकारी अहिले चर्चामा छन् । उनले अभिनय गरेको पहिलो फिल्म ‘शुभ लभ’ प्रदर्शन मिति नजिकिदै गर्दा उनको चर्चा पनि बढेको हो । फिल्मको प्रचारका क्रममा उनी यतिखेर चारै तिर मिडियामा समेत छाउन सफल छन् ।
टेलिभिजनको पर्दामा ज्योतिसको रुपमा देखिँदै आएका उनी ‘शुभ लभ’मा भने नायकको रुपमा देखिदै छन् । फिल्ममा पनि आफुले रियल जिन्दगी झै ज्योतिसकै भुमिका निर्वाह गरेका बताए ।
‘मेरो रियल जिन्दगीकै काम जस्तै फिल्ममा पनि भुमिका देख्न पाउनु हुनेछ’ हरिहरले भने ‘फिल्म ज्योतिस बिद्याको अलवा प्रेम, रोमान्स लगायत मसलाले भरिएको छ ।’ ज्योतिसकै भुमिका भएपनि अभिनय आफ्नो पेसा भन्दा भिन्न भएकोले केही कठिनाई परेको उनले सुनाए । ‘छायाँकनमा जानु पुर्व तीन महिनाको वर्कसप गरेकोले केही सजिलो भने भयो’ उनले थपे ‘यो मेरो अभिनयमा भाग्य परीक्षा पनि हो ।’
फिल्ममा हरिहर अभिनेत्री कृष्टिना पौडेलको जोडी बनेका छन् । कृष्टिनासँगको आफ्नो फिल्मी रोमान्सले दर्शकलाई मनोरन्जन दिने उनले बताए ।
‘‘शुभ लभ’को बिषय अहिले बजारमा आएका फिल्मका भन्दा भिन्न छ’ हरिहरले अगाडि भने ‘यो फिल्म सबैले एक पटक हेर्नुपर्छ जस्तो मलाई लाग्छ ।’ आफ्नो अभिनय र फिल्म दर्शकले रुचाए पुन अभिनयमा देखिने उनले सुनाए ।
‘अहिले पनि केही फिल्मको अभिनय अफर आएका छन्’ उनले भने ‘पहिलो फिल्मको रिजल्ट नहेरी के गर्नु भनेर वेइटिङमा राखेको छु ।’
सन्तोष बाबु लोहरीको निर्देशन रहेको ‘शुभ लभ’ लभस्टोरी कमेडी जनरामा निर्माण भएको फिल्म हो । हरिहर र कृष्टिनासँगै प्रदीप बास्तोला, सरोज खनाल, अग्रज कलाकार राजाराम पौडेल, रविन्द्र झाको अभिनय फिल्ममा छ । डा .सूर्या थापा र कार्यकारी निर्माता प्रदीप उदय पनि फिल्मको अतिथि भूमिकामा छन् । कोरियोग्राफी छ ।
बुद्ध ईन्टरटेनमेन्ट प्रालिको ब्यानरमा प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहेको फिल्ममा काठमाडौं, पोखरा, अन्नपूर्ण वेस क्याम्प, ईलाम लगायतका स्थानमा मनोरम दृश्य कैद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण