‘नेपाल लोक स्टार’को बजार प्रवर्धन र बिक्रि वितरण एड प्याडले गर्ने
काठमाडौं– चाहना मिडियाद्वारा संचालित ‘नेपाल लोक स्टार’ कार्यक्रमको मुख्य बजार प्रवर्धन र बिक्रि वितरणको जिम्मा एड प्याडले लिने गरी सम्झौता भएको छ । सम्झौतामा एड प्याडको तर्फबाट निर्देशक सरोज बस्नेत र चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाबीच हस्ताक्षर भएको छ ।
‘नेपाल लोक स्टार’ नेपालीहरुको आफ्नै मौलिकता झल्कने नेपालकै पहिलो रियालिटी शो हो । यसले देशको कुना कुनामा लुकेको लोक प्रतिभालाइ उजागर गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरेको छ ।
यस कार्यक्रमका निर्णायक मण्डलमा जय नन्द लामा, बीबी अनुरागी, रामजी खंड र सुनिता दुलाल रहेका छन् भने कार्यक्रमको होस्ट मिस नेपाल इन्टरनेसनल २०१२, शुभेक्षा खड्का र लोक गायक अशोक धितालले गरेका छन् ।
कार्यक्रममा साइलेन्ट अडिसन, ओपन अडिसन र जज अडिसनको छनौट प्रक्रिया हुनेछ । ‘नेपाल लोक स्टार’ जेष्ठ २५ गतेबाट हरेक हप्ता शनिबार र आइतबार एपी वान टिभीबाट प्रशारण हुनेछ । यस कार्यक्रममा ३१ शृंखला रहने र तेश्रो, दोश्रो र पहिलो बिजेताहरुले क्रमश दश लाख, पच्चिस लाख र पचास लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण