जानु थियो जर्मनी, विमान झुक्किएर पुग्यो स्कटल्याण्ड
लण्डन सिटी एयरपोर्टबाट जर्मनीको डुसेलडर्भका लागि उडेको ब्रिटिश एयरवेज फ्लाइटका यात्रीहरु सोमबार बिहान स्कटल्याण्डको राजधानी एडिनबर्ग पुग्दा चकित भए ।
‘फ्लाइट प्लान’मा भएको गडबडीका कारण पाइलट र चालक दलका सदस्यले इडिनबर्गका लागि नै उडान भर्नुपर्ने सोचेपछि यस्तो गल्ती हुन पुगेको बताइएको छ ।
इडिनबर्गमा अवतरण गरेपछि उक्त विमान पुनः डुसेलडर्फका लागि उडेको थियो ।
पियोटर पोमिन्सकी, इम्पेरियल कलेज लण्डनका विद्यार्थीले सिएनएनसँगको कुराकानीमा आफ्नी प्रेमिका उक्त विमानको भएको बताए । ‘मैले फ्लाइटरडारमा हेर्दा उक्त विमान दक्षिणतिर उड्नुको साटो उत्तरतिर उडिरहेको देखेँ । केही प्राविधिक गडबडीका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेँ । पछि उनले मलाई विमान इडिनबर्ग पुगेको बताइन् ।’
विमानभित्रकी यात्री जाबोले सिएनएनसँगको कुराकानीमा विमानबाहिर पहाड देख्दा केही त गडबड छ भनेर सोचेको बताइन् ।
‘जब हामी उड्न थाल्यौं तब मैले अग्ला पहाड देख्न थालेँ । मैले सोचेँ यो पूर्वी नेदरल्याण्ड, पश्चिमी जर्मनी हुनै सक्दैन । त्यसपछि मसँगै बसेका साथीले गुगल म्याप हेर्न सुझाए, हेर्दा त हामी कार्लिस्ले वरिपरि भएको थाहा पायौं ।’
‘उक्त जानकारी सबैतिर फैलियो । सबैले एक–अर्कालाई कता जान लागेको भनेर सोधे, सबैले उत्तर दिए डुसेलडर्भ ।’
‘जब हामी अवतरण गर्यौं तब विमान परिचारिकाले डुसेलडर्भ जानेहरुलाई हात उठाउन आग्रह गरिन् । विमान भित्रका सबैले हात उठाए,’ उनले भनिन् ।
विमानका क्याप्टेनले यात्रीसँग माफी माग्दै विमान जर्मनी उड्ने जानकारी दिए ।
‘हामीमध्ये धेरै यो स्थितीमा हाँस्यौं,’ जाबोले भनिन् । ‘सबैजना फोनमा थिए, आफूहरु गलत शहरमा पुगेको सम्झाउदै थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण