अर्बपती हुन् बिजेपीकी सांसद हेमा मालिनी, ५ वर्षमा बढ्यो ५४ करोड सम्पत्ति
अभिनयबाट राजनीतिमा प्रवेश गरेकी हेमा मालिनी युपीबाट लोकसभा चुनावका लागि मथुराबाट बिजेपीकी उम्मेद्वार बनेकी छिन् । हेमा मालिनी मथुराबाटै सांसद भएकी हुन् । आफ्नो उम्मेद्वारी दर्ता गर्नेबेला उनले आफ्नो सम्पत्ति १०१ करोड भारु लेखेकी छिन् ।
शपथपत्रका अनुसार पछिल्लो पाँच वर्षमा उनको सम्पत्ति ३४ करोड भारु (अर्थात् ५४ करोड रुपैयाँ) बढेको छ । शपथ पत्रका अनुसार हेमा मालिनी १०१ करोड भारुकी मालिक्नी हुन् । हेमा मालिनीको स्वअर्जित सम्पत्तीको कूल मूल्य एक अर्ब एक करोड, ११ लाख, ९५ हजार तीन सय भारु हो । जबकी उनको बैंक खातामा जम्मा, नगद र गरगहना १३ करोड २२ लाख ९६ हजार ९४५ भारुको छ । सन् २०१४ मा हेमाको सम्पत्ति ६६ करोड भारु थियो ।
शपथ पत्रका अनुसार उनका जीवनसाथी धमेन्द्र सिंह देओलको सम्पत्ति पछिल्लो पाँच वर्षमा भारु १२.३० करोडको वृद्धि भएको छ ।
शपथपत्रका अनुसार आयकर विभागलाई बुझाएको रकम अनुसार हेमा मालिनी र धर्मेन्द्रको संयुक्त सम्पत्ति पछिल्लो पाँच वर्षमा हरेक वर्ष १० करोड भारुले वृद्धि भइरहेको छ । पछिल्लो पाँच वर्षमा उनीहरुले ९.८७ करोड भारु सम्पत्ति आर्जन गरेका छन् जबकी यो क्रममा उनका श्रीमान् धर्मेन्द्रले ९.३७ करोड भारुको सम्पत्ति आर्जन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण