बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

जापानमा हिजाबी फेसनलाई नयाँ रुप दिने यी मुस्लिम युवती

बिहीबार, १४ चैत २०७५, १० : २७
बिहीबार, १४ चैत २०७५

उनका इन्डोनेशियाली मुस्लिम अभिभावकले उनलाई कहिले पनि हिजाब लगाउन दबाब दिएनन् तर रहमालिया औफा याजिद आफ्नै मर्जीले हिजाब लगाउँछिन् ।

टोकियोमा जन्मे, हुर्केकी उनलाई सुरुमा इस्लामप्रति खासै रुची थिएन । उनले आफ्नो आमा–बुवाले जुन धर्म अपनाए, त्यसलाई नै निरन्तरता दिइन् ।

जब उनी १८ वर्षकी भइन् तब उनले सधैंका लागि हिजाब लगाउने निर्णय गरिन् । तर हिजाब लगाउनुको एउटा बेफाइदा के थियो भने यसमा सबै ड्रेस म्याच गर्दैनन् ।

‘मलाई हिजाब धार्मिक पहिरन जस्तो लाग्थ्यो त्यसकारण मैले त्यसै अनुसार आफ्नो पहिरन छान्थेँ,’ २४ वर्षे उनले भनिन् ।

परिणामस्वरुप, उनी जापानको फेसन ट्रेन्डबाट अलग्गिइन् । उनले आफूलाई एक्लो महसुस गर्न थालिन् । स्कूलमा हिजाब लगाउने उनी एक्ली विद्यार्थी थिइन् ।

‘म सबैको बीचमा अलग थिएँ । म आमाको पुरानो हिजाब लगाउँथे जुन जापानमा चलिरहेको डिजाइन र रङभन्दा निकै भिन्न हुन्थ्यो,’ उनले भनिन् ।

‘हिजाब, मैले आफ्नै मर्जीले लगाइरहेकी थिएँ तर मैले हिजाबलाई होइन, हिजाबले मलाई लगाइरहेको थियो,’ उनले भनिन् ।

उनले हाना ताजिमासँग काम गर्न थालेपछि सबै कुरा परिवर्तन भयो । हाना ताजिमा ब्रिटिश–जापानिज डिजाइनर हुन् जसले किशोरावस्थामा इस्लाम धर्म अपनाइन् ।

ताजिमाको डिजाइन देखेपछि उनको फेसनप्रतिको दृष्टिकोण पूर्ण रुपमा परिवर्तन भएको बताइन्  ।

याजिद अहिले टोकियोमा मुस्लिम र जापानी फेसनलाई सम्मिलित गर्छिन् । उनले २२ हजार बढी  फलोआर भएको आफ्नो इन्स्टाग्राममा तस्बिर सेयर गर्छिन् ।

जापानीले पहिरन अनुसार आफ्नो कपाललाई जसरी मिलाउँछन् उनले पनि आफ्नो हिजाबलाई त्यसरी नै स्टाइल दिन्छिन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप