विद्यार्थीलाई ‘लभ स्टेशन’ बुझाउन कलेज पुगे प्रदीप
काठमाडौं । अचेल फिल्म प्रचारको लागि गतिलो प्लेटफर्म स्कुल कलेज समेत हुन थालेका छन् । सायद त्यसैले होला अधिकांश फिल्म युनिट प्रचारका लागि स्कुल कलेज पुग्ने थालेका छन् ।
यस्तैमा २२ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘लभ स्टेशन’ पनि कलेज प्रचारमा निस्किएको छ । शुक्रबारबाट कलेज प्रचार अभियान सुरु गरेको यो टिमले पहिलो प्रचार ललिपुरको ब्रिलियन कलेजबाट सुरु गरेको हो ।
अभिनेता प्रदीप खड्का, प्रकाश शाह, निर्माता गोविन्द शाही लगायतका टोली फिल्म प्रचारका लागि कलेज पुगेका थिए ।
कलेजमा फिल्म कलाकारसहितको टोलीले ‘घाम जुन नै चाँहिदैन’ गीतलगायतका फिल्मका गीतमा नृत्य गर्दै प्रचार गरेका थिए ।
सोही अवसरमा फिल्मको बिषयमा कलाकार टोलीले विद्यार्थीसँग अन्तरक्रिया समेत गरेको अभिनेता प्रदीप खड्काले् बताए । आफ्नो मन पर्ने अभिनेता प्रदीप आफ्नो कलेजमा देखेपछि विद्यार्थीहरुले तछाडमछाड गर्दै सेल्फी समेत खिचेका थिए ।
सांगीतिक प्रेम कथामा आधारित पारिवारिक बिषय समेत समेटिएको ‘लभस्टेशन’ उज्वल घिमिरेले निर्देशन गरेका हुन् । काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविर विक्रम शाही निर्माता रहेको फिल्ममा प्रदीपको अलवा जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको अभिनय देख्न सकिन्छ ।
आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण