आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

बोनी कपुरसँग भाइरल भएको भिडियोमा उर्वशीले मुख खोलिन्

मङ्गलबार, १९ चैत २०७५, १२ : १८
मङ्गलबार, १९ चैत २०७५

बलिउड नायिका उर्वशी रौतेला र निर्माता बोनी कपुरको एउटा भिडियो सार्वजनिक भएको छ जुन हेरेपछि भारतीय मिडियाले बोनी कपुर उर्वशीसँग नजिकिन चाहेको आरोप लगाएका छन् ।

यो भिडियो एक विवाह कार्यक्रमको हो । भिडियोमा देखिए अनुसार उर्वशी र बोनी कपुर सँगै क्यामरामा पोज दिइरहेको छ र यसैबीच बोनीले उर्वशीको नितम्बमा बिस्तारै  हिर्काएको देखिएका छन् । यो भिडियो यसैका कारण चर्चित भयो ।

यो भिडियोमा सोसल मिडियामा निकै कमेन्ट आइरहेको छन् र यसबारे उर्वशी रौतेलाले यसबारे मुख खोलेकी छिन् । उनले एक समाचार च्यानलद्वारा देखाइएको त्यो रिपोर्टको स्क्रिनसट आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गर्दै लेखिन्, ‘यो सम्भवतः देशको शीर्ष पत्रिका हो र तपाईं यसलाई समाचार भन्नुहुन्छ ?  तपाईंलाई यदि महिलालाई सम्मान गर्न आउँदैन भने महिला स्वतन्त्रता, महिला शक्तिबारे कुरा गर्दै नगर्नुहोस् ।’

तपाईं यो भिडियो यहाँ हेर्न सक्नुहुन्छ । यसलाई उर्वशीको एक फ्यान क्लबले इन्स्टाग्राममा सेयर गरेका छन् ।

ट्वीटरमा मानिसहरुले यो भिडियोबारे कस्तो प्रतिक्रिया दिएका छन्, तपाईं यहाँ देख्न सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप