आँधीको वितण्डा : फलामको रडले छेडेर ६ वर्षीय बालकको मृत्यु
आइतबार साँझ बाराको फेटा गाउँपालिका–२ भरवलिया बस्तीमा विनाशकारी आँधी आउँदा ६ वर्षीय नन्दलाल पटेल घरको ढोका बाहिर खेल्दै थिए ।
एक्कसी आँधी आयो ।
इट्टाले बनेको घर छिनभरमा ढल्दा उनको दायाँ कानको छेउबाट छिरेको फलामे रड अर्कोपट्टी मा निस्कियो !
नन्दलालले आफ्नो घरको ढोकामै ज्यान गुमाए ।
यसरी ६ वर्षीय बालक कहिल्यै नफर्कने गरी बिदा भए ।

अहिले घरछेउमा त्रिपाल टाँगिएको छ । त्यहीँ पटेल परिवार बसिरहेका छन् ।

मंगलबार भरवलिया पुग्दा नन्दलालका बाबु वृजित पटेल अर्धचेत भएर पल्टिइरहेका थिए ।
छेउमा वृजितका बृद्ध आमा डाँको छाडेर रुँदै थिइन्, ‘मेरो बाबु खोइ ?’

ती बृद्ध हजुरआमा कौशिलादेवीको प्रश्नको उत्तर कसैसँग थिएन ।
काठमाडौँमा बन्ने घरहरुमा मिस्त्रीको काम गर्ने वृजित छोराको मृत्यु भएको खबर सुनेर सोमबार साँझ घर आइपुगेका थिए ।
६ वर्षीय नन्दलालको मृत्युको पीडा उनको आमा मिनादेवीको मुटुमा पनि कम थिएन ।
छोराको सम्झनामा भक्कानिरहेकी मिना प्रश्न गर्दै थिइन्, ‘बाबु, तिमी कहाँ गयौ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
फेरि किन पक्राउ परे कांग्रेस नेता अभिषेक गिरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण