आँधीको दादागिरी : पाकेको भान्सा पुरियो, न घर रह्यो न आमाहरु रहे !
आँधी प्रभावित फेटा गाउँपालिका–२ भरवलियाका सिकन्दर रामको भान्सामा खाना तयार भएकोमात्रै थियो । जमिन धवर–धवर गर्न थाल्यो, एकै मिनेटमा पस्कन लागेको दाल–भात मात्रै पुरिएन्, घरको छानो पनि हुरीले उडायो ।
आइतबार साँझको विनाशकारी हुरी सम्झँदै सिकेन्दर भन्छन्, ‘बाहिर निस्कँदा देखेँ आमालाई इट्टाले लागेछ, छिनभरमै उहाँ बित्नुभो ।’
विनाशकारी आँधी आएपछि बरियोदेवी राम घरभित्र पस्न खोजेकी थिइन्, छिमेकीको घर ढल्दा आएको ईट्टा उनको टाउकोमा बजारियो । सिकन्दरको कच्ची घर थियो, नजिकैको छिमेकीको पक्की घरको छत खसेर खेतमा बजारियो ।
‘भित्र बसिरहेको थिएँ, थर्किएको आवाज आयो अनि छिनभरमै सबै उडायो,’ सिकन्दर कहालीलाग्दो उक्त क्षणको स्मरण गर्छन्, ‘अब न गाँस–बास छ, न आमा छिन् ।’

आँधीका कारण सिकन्दर आफैं पनि घाइते भए । ६ दाजुभाइसहित ३० जनाको उनको परिवार अहिले छाना र मानाको खोजीमा छ ।
सिकन्दरकी आमा मात्रै होइन, भरवलियाको दलित बस्तीमा आँधीबाट दुईजनाको ज्यान गएको छ ।

भरवलियास्थित राजेन्द्र पटेलको घरमा पुग्दा जो–कसैका आँखा रसाउँछन् । पक्की घर ढलेर खेतको गह्रोमा पल्टिएको छ । घरकै डोवमा राजेन्द्र पटेल आमाको काजक्रिया गर्दै थिए । टाउकोमा सेतो कफन बेरेर बसेका राजेन्द्र मुटुमाथि ढुंगा राखेर भन्दै थिए, ‘भाउजु र मेरी श्रीमती अस्पतालमा छन्, घरबार सबै एकै मिनेटमा सिद्धियो ।’
आँधीका कारण राजेन्द्रका आमा मनोरमा देवीको मृत्यु भएको थियो । उनकी श्रीमती र भाउजु घाइते छन् । अहिले उनीहरुको बिरगञ्जस्थित मेडिकल कलेजमा उपचार भईरहेको छ । लाला–बालासहित १० जनाको पटेल परिवार स्थायी छाना र भरपर्दो राहतको अभावमा भौतारीरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
फेरि किन पक्राउ परे कांग्रेस नेता अभिषेक गिरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण