विवेक ओबराय ६ घण्टा लगाएर यसरी बनेका थिए प्रधानमन्त्री मोदी (भिडियो)
मुम्बई – बलिउड फिल्म ‘पीएम नरेन्द्र मोदी’ मा अभिनेता विवेक ओबरायले प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गर्दैछन् । आउँदो शुक्रबार रिलीज मिति तोकिएको उक्त फिल्ममा विवेक ओबराय दुरुस्तै नरेन्द्र मोदी देखिएका छन् ।
ट्रेलर र विभिन्न पोस्टरहरु रिलीज भइसकेको यो फिल्ममा विवेक ओबराय कसरी नरेन्द्र मोदी बने त ? धेरैलाई यसको विषयमा चासो छ । र, सामाजिक सञ्जालमा विवेक लुक्स देखेपछि धेरै दर्शकले विवेक ओबराय कसरी मोदी भन्ने चासोको विषयलाई लिएर उनको मेकअप गर्दाको भिडियो सार्वजनिक गरिएको छ ।
भिडियोमा फिल्मका प्रोड्युसर सन्दीप सिंहले भनेका छन्, ‘फिल्ममा सबैभन्दा गाह्रो काम थियो विवेक ओबरायलाई मोदीको लुक दिनु । कहिले काही त लागेको थियो यो निकै मुश्किल काम हो । हामीले मिटिङ बसेर फिल्म नै नबनाउने भनेर सल्लाह पनि गरेका थियौँ ।’
फिल्म सुटिङको क्रममा विवेक ओबरायलाई मोदीको लुक्स दिनको लागि घण्टौँसम्म मेकअप गर्नुपथ्र्यो । लामो प्रक्रियापश्चात् मात्रै विवेक मोदी जस्तो देखिन्थे । पूरा मेकअप गर्नको लागि ६ घण्टा लाग्ने गरेको प्रोड्युसरले जानकारी दिए ।
मेकअप गर्दाको क्षण सम्झदैँ प्रोड्युसर सिंह भन्छन्, ‘पहिलो पटक मेकअप गर्दा विवेक मोदीजस्तो देखिएका थिएनन् । फिल्मकी मेकअप आर्टिस्ट प्रीतिले हार मानिसकेकी थिइन् । तर, फेरि हामीले उनलाई आग्रह गर्यौँ ।’ धेरै लामो परिश्रमपछि मात्रै मोदी जस्ता देखिएका विवेक फेरि मेकअप गर्दा मोदीजस्तै देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण