‘श्रीमान् दाह्री काट्दैनन्, चिसो रुमाल खाटमा फाल्छन्, नुहाउँदैनन्, सम्बन्धविच्छेद चाहियो’
आजकाल स–सानो कुरामा सम्बन्ध टुट्ने स्थितीमा पुग्छ । सम्बन्धविच्छेदका विभिन्न किस्सा त तपाईंले सुन्नुभएकै होला तर मध्यप्रदेशको पारिवारिक अदालतमा सम्बन्धविच्छेदको एउटा यस्तो मामला सार्वजनिक भएको छ जसले तपाईंलाई आश्चर्यमा पार्नेछ ।
सम्बन्धविच्छेदको निवेदनमा श्रीमतीले श्रीमानको रहन–सहन चित्त नबुझेको बताएकी छिन् । श्रीमतीका अनुसार उनका श्रीमान् नुहाउँदैनन्, चिसो रुमाल खाटमा फ्याँक्छन् र दाह्री पनि काट्दैनन् ।
यो मामलामा परामर्श दिइरहेका शैल अवस्थीका अनसार दम्पत्तीले सन् २०१६ मा अन्तरजातीय विवाह गरेका हुन् । युवती ब्राम्हण हुन् र युवक सिन्धी समाजका हुन् । विवाहको एक वर्षसम्म दुईजनाबीच सबैकुरा राम्रै चल्यो तर अब उनीहरुबीच झगडा सुरु भयो ।
युवतीले परामर्शदातालाई श्रीमानको रहन–सहन ठिक नभएको बताइन् । उनले भनिन्, ‘उनी सर–सफाइमा ध्यान दिँदैनन् । उनी दाह्री काट्दैनन् चिसो मौसममा धेरै दिनसम्म नुहाउँदैनन् । दुर्गन्ध लुकाउनका लागि उनी परफ्यूम छर्कन्छन् । चिसो रुमाल ओछ्यानमा फाल्छन् ।’
यता श्रीमानले पनि आफू श्रीमतीको हातको खेलौना नभएको बताएका छन् । उनले भनेका छन्, ‘मैले आफ्नो जीवनयापन कसरी गर्ने भनेर म आफैं निर्धारण गर्छु । ’
अचम्मको कुरा के छ भने दुई श्रीमान्–श्रीमती रहन–सहनको कुरामा यति अडिग छन् कि उनीहरु जसरी पनि सम्बन्धविच्छेद चाहन्छन् । मामलाको अहिले टुङ्गो लागेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण