२० लाख पारिश्रमिक लिने ६ बलिउड गायक–गायिका
मुम्बई – यदि कुनै बलिउडको नयाँ फिल्म रिलिज हुन्छ भने फिल्मसँगै त्यसको गीतको पनि चर्चा हुने गर्दछ । त्यसैले बलिउडमा गीतको पनि बेग्लै स्थान रहेको छ । गीतको कारणले पनि कयौ चलचित्रले ब्यवसाय गरेका छन् । त्यसैले बलिउड गायक गायिका एक गीतका लागि लाखै रकम लिने गर्दछन् । ति ६ गायक गायिका जसले एक गीतका लागि लिन्छन् लाखौ रकम ।
मीका सिहं
मीका सिंह बलिउडको सबैभन्दा पपुलर गायक हुन् । उनले बलिउडमा थुप्रै हिट गीत दिएका छन् । जुन गीत पार्टीहरुको पनि सान बन्ने गरेको छ । बलिउडको हरेक सुपरहित फिल्ममा मीकाको एक गीत रहने गरेको छ । उनी एक गीतका लागि १३ लाख फिस लिन्छन् ।
श्रेया घोषाल
निकै सुन्दर तथा सुरिलो आवाजकी रानी श्रेया घोषालको गीतमा करोडौ मानिस पागल छन् । उनले बलिउडका धेरै फिल्मको गीतमा जादु चलाएकी छन् । उनी एक गीतका लागि २० लाख लिने गर्दछिन् ।
अर्जित सिंह
अर्जितले २०१३ मा आएको श्रद्धा कपुर र आदित्य राय कपुरको रोमान्टिक फिल्मको गीत ‘तुम ही हो’को निकै हिट भयो । यस पछि उनले गायको सबै गीत हिट मानिन्छ । उनी अहिले एक गीतका लागि १५ देखि २० लाखसम्म लिने गरेका छन् ।
नेहा कक्कर
नेहा कक्कर अहिले बलिउडकी टप गायिका हुन् । उनी उद्योगकै सबैभन्दा सुन्दर गायिका पनि हुन् । उनले निकै हिट गीत दिएकी छन् । उनी एक गीतका लागि ८ लाख लिने गर्दछिन् ।
बादशाह
चर्चित र्यापर तथा गायक बादशाहले केबल ४ बर्षमा बलिउडमा राम्रो पहिचान बनाए । उनले २०१४ को फिल्म ‘फगली’बाट गाउन सुरु गरेका थिए । त्यसपछि उनले पछि फर्किएर हेर्नु परेन । उनी अहिले एक गीतका लागि २० लाख लिने गर्दछन् ।
सुनिधि चौहान
शीला की जवानी, धुम मचाले धुम लगायत एकसेएक बम्पर हिट गीत दिएका उनको परिचय गराइराख्नु पर्दैन । उनले हिन्दीको अलवा ओरिया, जाबी, मराठी, कन्नड, तमिल, तेलुगु,बंगाली, अस्सामी र नेपाली फिल्मको गीत समेत गाएका छन् । उनी एक गतिका लागि १५ देखि २० लाखसम्म लिने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
-
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
-
कारागारबाट फरार कैदीबन्दी पक्राउ
-
महामन्त्री पौडेलले टिचिङ अस्पताल पुगेर भेटे माजिद अन्सारी
-
पोखरामा ४० गाडीको प्रदूषण जाँच्दा १९ वटा फेल
-
नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ व्यापारीले भरियो, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण