मेलिना राई र समिर सिंगकको ‘फेवा तालैमा’
काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक समिर सिंगक लिम्बुको आवाजमा सजिएको नयाँ गीत दर्शक–श्रोतामाझ सार्वजनिक भएको छ । नयाँ वर्ष २०७६ को अवसरमा ‘फेवा तालैमा’ गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रकाश थुलुङको शब्द तथा मान थुलुङको संगीतमा गीतलाई विश्व अधिकारीले एरेञ्ज गरेका हुन् । गीतको भिडियोलाई निर्माता तथा कलाकार देउ कृष्ण देवन याख्खा लिंखाले निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट पनि निर्देशक देउ कृष्ण देवनकै रहेको छ ।
निर्देशक देउ कृष्ण देवनले गीतको बारेमा बाल्दै भने, ‘नयाँ वर्षको अवसरमा दर्शक तथा श्रोतामाझ शुभकमना स्वरुप लोक पूवेली गीत ‘फेवा तालैमा’ सार्वजनिक गरेका हौं ।’
गीतको भिडियोमा पूर्वका चर्चित पत्रकार टिआर सेनेहाङ्ग, चन्दा ल्वाहाङ्ग कुरुम्बाङ्ग, शिखा पयाङ्गो, दीपा सेनेहाङ्ग लगाएत कलाकारहरुले फिचरिङ गरेका छन् । भिडियोलाई सुरेन सेनेहाङ्ग लिम्बुले छायाङ्कन गरेका हुन्, भने अनुप पौडेलले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण