पाँच सन्तानकी आमाले महिलाको शरीर सधैं सुन्दर हुन्छ भन्दै पोष्ट गरिन् पेटको फोटो
डाइट, बोटक्स, सुन्दर पहिरन, हेयरस्टाइल । कहिलेकाँही यस्तो लाग्छ कि संसार धेरै खोक्रो छ । यो खोक्रो आडम्बरमा अटाउन नसक्ने व्यक्तिलाई मानिसहरुले हेयको दृष्टिले हेर्छन् । तर धेरैजसो समयमा यसले हामीलाई सुन्दरताका गहिरो अर्थ थाहा पाउन रोक्छ तर पाँच सन्तानकी यी आमाले सुत्केरी भइसकेपछिको आफ्नो शरीर देखाएर आडम्बरले मात्रै सुन्दर नदेखिने कुराको पुष्टि गरेकी छिन् ।
ब्राइट साइडले एक प्रभावशाली आमा ब्रेन्दा स्टर्नर्सबारे जानकारी दिएको छ ।
मेक्सिकोकी ब्रेन्दा एक वर्षअघि मात्रै अमेरिका छिरेकी हुन् । सौभाग्यशाली गल्ती भनौं उनले एकपटक गलत नम्बरमा मेसेज पठाइन् र फोन पछाडिका ती व्यक्तिसँग विवाह गरिन् । उनीहरु अहिले ओहियोमा बस्छन् र ब्रेन्दाले डायपर, होम स्कूलिङ र पाँच सन्तानले घेरेको आफ्नो जीवनबारे इन्स्टाग्राममा पोष्ट गर्ने गर्छिन् । उनको जीवन सुखमय थियो जबसम्म उनलाई डिप्रेशनले गाँजेन ।
पाँचौं सन्तानलाई जन्म दिएपछि उनलाई पोस्टपार्टम डिप्रेसन भयो । तीन महिना बितिसक्दा पनि उनको शरीर पहिलेजस्तो भएको थिएन । उनी आफ्नो छालामा खुसी थिइनन् । त्यसपछि उनले आफ्नो शरीरबारे त्यति ध्यान नदिने र वास्तविकतालाई अँगाल्ने सोच बनाइन् । ‘वास्तविकता यो हो कि मेरो शरीर बलियो र सुन्दर छ... त्यस्तै तपाईंको पनि,’ ब्रेन्दाले लेखिन् ।
उनले माथि राखेको फोटो खिचिन् र सोसल मिडियामा हालिन् । ‘हाम्रो शरीर अहिले जस्तो देखिन्छ त्यसमा दुःखी हुन नपर्ने कुरालाई स्मरण गराउनका लागि मैले यो तस्बिर खिचेकी हुँ,’ उनले लेखिन् । यसो गरेर कतिले उनको तारिफ गरे भने कतिले सुत्केरी भएपछिको भद्दा ज्यान देखाएर राम्रो नगरेको भन्दै कमेन्ट पनि गरेका छन् ।
जसले उनलाई नराम्रो भने त्यसको मतलब गरिनन् । यसको साटो उनले मातृत्वको सुन्दरताबारे जागरुकता फैलाउन अभियान सुरु गरिन् । सुत्केरीपछिको शरीरलाई साधारण बनाउन उनले जस्तो प्रेरणा दिइरहेकी छिन् त्यसलाई महिलाहरुले प्रशंसा गरिरहेका छन् । उनका इन्स्टाग्राममा २५ हजार बढी फलोअर्स छन् । मानिसहरु उनलाई सुन्न लालायित हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण