११ जोडीले अस्विकार गरेको बालिकालाई सन्नी लियोनले बनाएकी हुन् आफ्नी छोरी
पछिल्लो महिना नायिका सन्नी लियोनले २१ महिनाकी एक बालिकालाई धर्मपुत्री बनाएकी थिइन् । बालिकाको नाम सन्नीले निशा कौर वीबर राखेकी छिन् ।
अब निशाबारे यो खबर सार्वजनिक भइरहेको छ कि निशालालई सन्नीभन्दा पहिले ११ जोडीले पाल्न अस्विकार गरेका थिए । यसबारे एडोप्शन एजेन्सी CARA ले बताएको हो ।
पाल्नुभन्दा पहिले जोडीले बच्चाको रंग, रुप, स्वास्थ्य स्थिती सबैको खोजीनीति गर्ने गर्दछ तर सन्नीले यस्तो केही पनि हेरिनन् ।
CARA का सिइओ दीपक कुमारले भने, ‘सन्नीले रंग, ब्याकग्राउन्ड, स्वास्थ्य स्थिती केही पनि हेरिनन् । हामीलाई खुसी लागेको छ कि सेलिब्रिटी हुँदा पनि उनले नियमको पालना गरिन् र लाइनमा उभिएर बच्चाको हेरबिचार गरिन् ।’
सन्नीले पछिल्लो ३० सेप्टेम्बरमा CARA को वेब पोर्टलमा एडोपशनका लागि फारम भरेकी थिइन् । यस वर्षको जून २१ मा निशालाई सन्नीबारे जानकारी दिइएको थियो । जोडीले बच्चाका लागि सहमती दिनका लागि ४८ घण्टाको समय लाग्छ । सन्नीले दोस्रो दिन नै निशाबारे निर्णय दिएकी थिइन् ।
आवश्यक कारवाही पूरा गरेपछि सन्नीले महाराष्ट्र लातूरबाट बालिकाको प्रि–एडोपशन फोस्टर केयर लैजाने अनुमती दिइएको थियो । अब सन्नी अदालतको आदेशको प्रतिक्षामा छिन् जहाँ उनलाई र उनका श्रीमान् ड्यानियल वीबरलाई निशाको कानूनी आमा–बुवाको दर्जा दिइन्छ ।
सन्नी ओभरसिज सिटिजन अफ इन्डिया हुन् । यस्ता नागरिकका लागि भारतमा धर्मसन्तान बनाउनु थोरै मुश्किल छ । किनभने बच्चा भारतीय नागरिकलाई नै दिने प्रयास गरिन्छ । जब बच्चालाई दुई महिनासम्म कसैले स्विकार गर्दैन तबमात्र उनीहरुलाई विदेशी जोडीलाई सुम्पिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण