भाग्यमानी बालिका : ६ वर्षअघि चिठ्ठामा कार जितिन्, अहिले १० लाख डलर
बुधबार, ०४ वैशाख २०७६, १३ : १५
भारतकी एक ९ वर्षीया बालिकाले मंगलबार दुबई ड्युटी फ्रिको मिलेनियम मिलेनियर ज्याकपट अन्तरगत १० लाख अमेरिकी डलर चिठ्ठा जितेकी छिन् ।
सोही चिठ्ठामा ६ वर्ष अघि सोही बालिकाले एक लक्जरी कार पनि जितेकी थिइन् ।
खलिज टाइम्सका अनुसार एलिजा एम नाम गरेकी बालिकाले टिकट नम्बर ०३३३ नम्बरको टिकटबाट ज्याकपट जितेकी हुन् ।
बालिकाको पिता भारतको मुम्बई शहरका वासिन्दा हुन् । उनी विगत १९ वर्षदेखि उनी दुबईमा बस्दै आइरहेका छन् । उनी सन् २००४ देखि नियमित रुपमा उक्त चिठ्ठामा सहभागी हुँदै आइरहेका थिए ।
आफ्नो भाग्यमानी अंक ९ मान्ने ती व्यक्तिले ०३३३ नम्बरको टिकट अनलाइनबाट खरिद गरेको पत्रिकाले उल्लेख गरेको छ ।
बालिकाले यसअघि सन् २०१३ को जनवरीमा म्याकलरेन कुप लक्जरी कार जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण