‘जात्रै जात्रा’ गीत : जीवन यात्रामा विपिन र रवीन्द्र
काठमाडौं –प्रदीप भट्टराइको निर्देशन रहेको फिल्म ‘जात्रै जात्रा’ले ‘जीवन जात्रा हो’ बोलको दोस्रो गीत सार्वजनिक गरेको छ । केही पहिले सार्वजनिक ‘माया पिरती’ बोलको गीतले चर्चा पाइरहँदा निर्माण युनिटल यो गीत पनि सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा स्वर तथा संगीत कालीप्रसाद बाँस्कोटाको रहेको छ । गीतमा शब्द अर्जुन भट्टराई र कोरियोग्राफी प्रविन सिंहको रहेको छ ।
गीतमा फिलमका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ देखिएका छन् । गीतमा कलाकार अलि फरक लुकमा देखिएका छन् । रविन्द्र सिंह बनियाँ कार्यकार िनिर्माता रहेको फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ ।
फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दयाहाङ राई, बर्षा राउत, राजाराम पौडेल लगायतको मुख्य भूमिका रहेको छ ।
फिल्म ‘जात्रा’ हिट भएपछि यसको सिक्वेलको रुपमा यो निर्माण भएको हो । त्यसैले पनि यो फिल्म प्रति धेरैको अपेक्षा छ । फिल्ममा शंकर महर्जन द्वन्द्व, कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण