सेल्फीका लागि गोरिल्लाले दिए ‘पोज’, फोटो भाइरल
हालै एक व्यक्तिको दुई गोरिल्लासँगको सेल्फी निकै भाइरल भइरहेको छ । भाइरल हुनुको कारण भने दुई गोरिल्ला रहेका छन् जसले फोटो खिच्ने बेला मानवले झैं ‘पोज’ दिइरहेका छन् ।
डेमोक्रेटिक रिपब्लिक अफ कंगोको भिरुङ्गा नेशनल पार्कका कर्मचारीले उक्त फोटो खिचेर फेसबुकमा राखेका थिए जुन हेर्दाहेर्दा भाइरल भयो ।
‘अफिसमा अर्को दिन...’ म्याथ्यु सामाभुले फोटो पोस्ट गर्दै लेखे । यो फोटोलाई अहिलेसम्म २० हजार बढीले सेयर गरिसकेका छन् ।
गोरिल्ला डाकाजी र डेजे क्यामरा अगाडि निकै सहज तरिकाले ‘पोज’ दिइरहेका छन् । एउटाले खुट्टा फट्याएर शानका साथ उभिरहेको छ भने अर्कोले क्यामराको लेन्स अगाडि फर्किएर पोज दिइरहेको छ ।
‘यी गोरिल्ला गर्ल्स निकै चुलबुले छन् । उनीहरुको व्यक्तित्व झल्काउने यो उत्कृष्ट फोटो हो, ’ भिरुङ्गा नेशनल पार्कले आफ्नो इन्स्टाग्राममा लेखेको छ ।
‘र यी युवतीलाई दुई खुट्टामा उभिएको देख्दा अचम्म मान्नु पर्दैन किनभने उनीहरुलाई समय समयमा यसरी नै हिँड्न सहज लाग्छ,’ यसमा थपिएको छ ।
यो पार्कमा हजारवटा गोरिल्लाको बसोबास रहेको अनुमान गरिन्छ ।
यहाँ वन्यजन्तुको सुरक्षार्थ ६ सय रेन्जर्स खटिएका छन् ।
यहाँ थुप्रै रेन्जर्सको हत्या भएको छ जसमध्ये गतवर्ष दुई बेलायती नागरिक अपहरणमा परेका थिए ।
अर्का रेन्जर हाकिजिमाना सिनामेन्ये चाड्राकको हिप्पोको आक्रमणपछि मार्चमा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण